Comments Add Comment

५ करोड लगानीमा दरवारमार्गमा खुल्यो गणगोर फूड्स

१० वैशाख, काठमाडौं । ५ करोड रुपैयाँ लगानीमा काठमाडौंको कमलादीमा गणगोर फूड्स एण्ड सर्भिसेज सञ्चालनमा आएको छ ।
गणगोर फुड्स एण्ड सर्भिसेज प्रालिले बिहीवारदेखि उक्त होटल सञ्चालनमा ल्याएको हो । २०४० सालमा भारतको कोलकत्तामा सञ्चालनमा आएको गणगोरले नेपालमा पहिलोपटक आˆनो शाखा विस्तार गरेको हो ।

उक्त कम्पनीको भारतका विभिन्न स्थानमा गरी १० वटा भन्दा बढी शाखाहरू सञ्चालनमा छन् । होटलमा १५ अत्याधुनिक डिलक्स कोठा रहेका छन् जसमा ३० जना अट्ने कन्फ्रेन्स हल र सय जना अट्ने बर्थडे हलसमेत छन् ।

होटलमा शतप्रतिशत शाकाहारी परीकारहरू पाईने प्रालिका सञ्चालक सल्लाहकार गोपाल शर्मा जोगाईले बताए । होटलमा कोलकत्ताका प्रसिद्व ८० प्रकारका मिठाई, २० प्रकारका निम्किन, ड्राइफूड, इटालियन कफी लगायतका परिकारहरू उपलब्ध छन् ।


यसबाहेक होटलमा विहानको खाजा, लञ्च, डिनर, हाईटी, बार आदिको व्यवस्था रहेको छ । खासगरी भारतीय पर्यटक र शाकाहारीका लागि लक्षित गरेर होटल सञ्चालनमा ल्याइएको कम्पनीका सल्लाहकार जोगाइले बताए ।

होटलमा उपत्यकाबाहिरबाट आएका पर्यटक, विवाह ब्रतवन्ध आदिका लागि डिलक्स रुमको समेत व्यवस्था गरिएको छ । कम्पनीले सुरुवातमा ४० जनालाई रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment