Comments Add Comment

पुस्तकबारे अनमोल ३५ विचार: को के भन्छन् ?

सन्दर्भ: विश्व पुस्तक दिवस


विश्व सभ्यता आजको समयमा प्रविधिको जतिसुकै नयाँ आविष्कारमा पौडिए पनि पुस्तकको अझैसम्म विशिष्ट स्थान देखिन्छ । पुस्तकको इतिहास हेर्दा सन् १४५० तिरै पहिलो पुस्तक तयार भएको र १६४० मा विश्वको पहिलो पुस्तक छापिएको देखिन्छ । यति लामो यात्रा तय गरेको पुस्तकले आफ्नो उपस्थिति अझै दह्रो रुपमा देखाइरहेको छ ।

सामान्य रुपमा हेर्दा पुस्तकबाट हामी थरीथरीका ज्ञानका कुरा थाहा पाउँछौं । पुस्तक ज्ञानको भकारी त हुँदै हो, यसलाई हामी मनोरञ्जनको आलमारी पनि मान्न सक्छौं ।

पुस्तकबाट  जसरी संसारको पल्लो कुनाको यथार्थ कुरा थाहा पाउन सकिन्छ, स्वैरकल्पनाको अलौकिक दुनियाँको सयर पनि यसैबाट गर्न सकिन्छ । व्यक्तिका रुपमा चरित्र निर्माणको सबैभन्दा उत्तम साधन मानिने पुस्तकले सर्वश्रेष्ठ विचारको प्रवाहबाट संसारलाई नै नयाँ दिशा दिन सक्छ ।

यस्तो महिमा भएको पुस्तकको महत्ताबारे संसारका ख्यातिप्राप्त चिन्तक, लेखक, राजनीतिज्ञ लगायतले के भनेका छन् त ? विश्व पुस्तक दिवसको सन्दर्भमा पढौं पुस्तकबारे विभिन्न हस्तीका ३५ विचार:

 

  • विचारहरुको युद्धमा नै पुस्तक अस्त्र बराबर हुन्छ । – जर्ज बनार्ड शा
  • किताबहरुमा यति धेरै खजाना लुकेको हुन्छ, जसलाई कुनै लुटेराले कहिल्यै लुट्न सक्दैन । – वाल्ट डिज्नी
  • म सधैं यो कल्पना गर्छु, स्वर्ग भनेको एक प्रकारको पुस्तकालय हो । – जर्ज लुइस
  • यदि कुनै पुस्तक पटकपटक पढ्ने आनन्द उठाउन सकिँदैन भने त्यसलाई पढ्नुको कुनै फाइदा छैन । – ओस्कर वाइल्ड
  • यदि आफूले पढ्न चाहेको किताब आजसम्म लेखिएको छैन भने तपाईंले त्यो किताब लेख्ने प्रयास अवश्य गर्नुपर्छ । – टोनी मोरिसन
  • यदि तपाईं अरुहरुले पढिरहे जस्तै किताबहरु पढ्नुहुन्छ भने तपाईं त्यस्तै सोच पाउनुहुन्छ, जुन अरु मानिस सोचिरहेका छन् । – हारुकी  मुराकामी
  • राम्रो किताब त्यो होइन, जुन हामी पढ्छौं– राम्रो किताब त्यो हो, जसले हामीलाई पढ्छ । – डबल्यू एच आदेन
  • पुस्तक एक फूलबारी हो, जसलाई खल्तीमा राख्न सकिन्छ । – अज्ञात
  • किताब नपढ्नु भनेको किताब जलाउनुभन्दा ठूलो अपराध हो । – रे ब्रेडबरी
  • यदि कुनै असाधारण प्रतिभा भएको व्यक्तिसँग हाम्रो जम्काभेट भयो भने हामीले उसलाई सोध्नुपर्छ, ऊ कस्ता खालका पुस्तकहरु पढ्ने गर्छ । – एमर्शन
  • किताब यस्तो शिक्षक हो, जो कुनै कष्ट नदिई, कुनै आलोचना नगरी र कुनै परीक्षा नलिई हामीलाई शिक्षा दिन्छ । – अज्ञात
  • मलाई टीभी निकै निकै शिक्षाप्रद लाग्छ । जब कसैले टीभी खोल्छ, तब म अर्को कोठामा जान्छु र किताब पढ्छु ।  – ग्रुशो मार्क्स
  • स्वास्थ्य सम्बन्धी पुस्तकहरुमा यति धेरै भरोसा नगरौं, छपाइमा हुने सानो त्रुटिले ज्यान समेत जान सक्छ । – मार्क ट्वेन
  • किताब बिनाको कोठा आत्मा बिनाको शरीर समान हो । – मार्कस टुल्लिअस सिसरो
  • यस्तो मानिसमा कहिल्यै पनि भरोसा नगर, जसले साथमा किताब बोकेको छैन । – लेमनी स्निकेट
  • एउटा किताब जस्तो वफादार कुनै साथी हुँदैन । – अर्नेस्ट हेमिंग्वे
  • ‘क्लासिक’ – यस्तो किताब, जसलाई मानिसहरु प्रशंसा गर्छन् तर पढ्दैनन् । – मार्क  ट्वेन
  • बालबालिकाहरुले जस्तै आनन्द लिनका लागि मात्र नपढ, महत्वाकांक्षी व्यक्तिले जस्तै कुनै खास निर्देशन र गुदी प्राप्त  गर्नका लागि पनि नपढ, जीवन बाँच्नका लागि पढ । – गुस्ताव फ्लौबेर्ट
  • शब्दहरु बिनाको किताब चुम्बन बिनाको प्रेम जस्तै हो, एकदम खाली ! – एन्ड्र्यू उल्फ
  • केही किताब चाख्नुपर्छ, केही किताब निल्नुपर्छ । केहीलाई मात्रै चपाएर पचाउनुपर्छ । – कोर्नेलिया फङ्की
  • यो नियम बनाउनुस्, कहिल्यै पनि बच्चालाई त्यो किताब नदिनुस्, जुन आफैंले पढ्नुभएको छैन । – जर्ज बनार्ड शा
  • बोल्नुभन्दा पहिलो सोच । सोच्नुभन्दा पहिले पढ । – फ्रैन लेबोवित्ज 
  • पुस्तक भनेको हवाईजहाज, रेल र सडक हो । त्यो गन्तव्य हो, यात्रा हो र घर पनि । – एना क्विनडलेन
  • किताब ऐना जस्तै हो: यदि कोही मूर्खले भित्र हेर्‍यो भने तपाईं कुनै बुद्धिमान व्यक्तिले बाहिर हेर्ने आशा गर्न सक्नुहुन्न । – जे.के. रोलिङ
  • मेरो सबैभन्दा राम्रो मित्र त्यो व्यक्ति हो, जसले मलाई यस्तो किताब देओस्, जुन मैले नपढेको होस् । – अब्राहम लिङ्कन
  • नयाँ पुस्तकहरुको सबैभन्दा खराब पक्ष के हो भने, तिनीहरु हामीलाई पुराना पुस्तकहरु पढ्नबाट टाढै राख्छन् । – जोसेफ जोबर्ट
  • मेरो लागि त किताबको गन्ध पनि प्रिय छ । – ऐड्रिएना त्रैजियेनी
  • फिक्सन (आख्यान) ले त्यो सत्य देखाउँछ, जुन यथार्थले लुकाउने गर्छ । – जस्मिन वेस्ट
  • विश्व एक किताब हो,  जो घुमफिर गर्दैनन्, उनीहरु केवल एक पेज पढ्छन् । – औगसटिन
  • के तपाईंले साँच्चिकै आफ्नो कोठामा राखेका सबै किताब पढ्नुभएको छ ?  – जान ग्रीन
  • उसले भन्यो- निद्रा मीठो छ, किताब त झन् असाध्यै मीठो छ । – जर्ज आर. आर. मार्टिन
  • तपाईं कुनै कुरा नजानीकन किताब पल्टाउन सक्नुहुन्न । – कन्फ्युसियस
  • सबभन्दा राम्रो किताब त्यो हो, जुन तपाईंलाई तपाईंले पहिल्यै जानिसकेका कुरा बताउँछन् । – जर्ज अरवेल
  • सधैं यस्तो चिज पढ्नुस्, जुन पढिरहेको बेला तपाईं मर्नुभयो भने पनि मान्छेहरुले तपाईंलाई राम्रो सोचून् । – पी.जे. ओ रुरके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment