Comments Add Comment

बिहेपछि नेपाल आइन् गरिमा, फिल्ममा फर्किने संभावना कती ?


नायिका गरिमा पन्त यतिबेला नेपालमा छिन् । सुटुक्क बेल्जियम पुगेर उनले प्रेमी हरि शर्मासँग बिहे गरेकी थिइन् । हरि, वेल्जियममा बसेर व्यवसाय गर्दै आएका छन् । सांकृतिक कार्यक्रमका लागि यूरोप पुग्दा गरिमा र हरिको भेट भएको थियो, जुन पछि प्रेममा बदलियो । त्यसपछि, केही बर्ष प्रेममा रहेर यो जोडीले बिहे गरेका थियो ।

बिहे गरेपछि गरिमा नेपाली मिडिया र चलचित्रकर्मीबाट टाढा भएकी थिइन् । चलचित्र ‘झोला’बाट प्रशंसित भएकी यी नायिकालाई दर्शकले ‘तीन घुम्ती’ नामक चलचित्रमा भने पत्याएनन् ।

नेपाली चलचित्रका दर्शक र मिडियामा शान्त नायिकाको छवि बनाएकी गरिमाले एक्कासी प्रेम बिबाह गर्दा धेरै चकित भएका थिए । उनै, गरिमा बिहेको भएको करिब एक बर्षपछि पतिसहित नेपाल आएकी छिन् । उनले चलचित्रमा काम गर्ने संभावना देखिएको छैन । तर, उनी घुमघाममा भने व्यस्त भएको सामाजिक संजालमा उनले पोष्ट गरेको तस्बिरबाट पनि प्रष्ट हुन्छ ।

नेपाली चलचित्रको कथा भन्ने शैली र पुस्ता परिवर्तन भएसँगै गरिमाले बिहे गरेर नयाँ बाटो रोजेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment