Comments Add Comment

एमालेले भन्योः बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न मिल्दैन

१० बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दुई चरणको चुनावप्रति सकारात्मक देखिएको छ । तर, उसले बजेट ल्याएर दोस्रो चरणको चुनाव स्वीकार्य नहुने बताएको छ ।

एमाले संसदीय दलको बैठकले बजेट अघि र पछि चुनाव गर्न नमिल्ने निर्णय गरेको छ ।

सरकारले भने दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरिसकेको छ भने जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।

एमालेले भने दुई चरणमै चुनाव गर्नु पर्ने भए जेठ १५ अघि नै गर्न सरकारलाई सुझाएको छ । ससदीय दलको बैठकमा दलका नेता एवं पार्टी अध्यक्ष ओलीले भने, यदि भ्याइँदैन भने बजेटसम्वन्धी प्रावधानलाई संशोधन गर्नेबारे छलफल गर्न सकिन्छ तर, बजेट अघि र पछि चुनाव हुन सक्दैन ।’

आफूले प्रधानमन्त्री प्रचण्डलाई पनि त्यही भनेर पठाएको ओलीले बैठकमा सुनाए ।

चुनाव सार्नेबारे निर्णय गर्नुअघि प्रधानमन्त्री प्रचण्डले बालकोट पुगेर ओलीसँग परामर्श गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment