Comments Add Comment

नेपालगञ्जमा बाहेक एमाले बाँकेले लगायो उम्मेदवारहरुको टुंगो

१० बैशाख, नेपालगन्ज । नेकपा एमाले बाँकेले नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका बाहेकका स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

एमाले बाँकेका प्रचार विभाग प्रमुख किस्मतकुमार कक्षपतिले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिकामा लुटबहादुर रावत प्रमुख र कृष्णा चौधरीलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको छ ।
रावत यसअघि भएका निर्वाचनमा तत्कालिन कोहलपुर गाविसका दुई कार्यकाल गाविस अध्यक्ष जितेका व्यक्ति हुन् ।

बाँकेको सु्दूरपूर्वको राप्ती सोनारी गाउँपालिकाको प्रमुखमा स्थानीय रुपमा डाक्टर उपनामले परिचित तुलसीराम थारु र उपप्रमुखमा चमेली बागवनले टिकट पाएका छन् ।

यसैगरी नरैनापुर गाउँपालिकामा विक्रम यादवलाई प्रमुखमा र सुनिता यादवलाई उपप्रमुखमा उम्मेदवार बनाएको छ ।

खजुरा गाउँपालिकाबाट किस्मतकुमार कक्षपतिलाई प्रमुख र एकमाया विकलाई उपप्रमुुखमा टुंगो लगाएको छ । यद्यपी बाँकेको नरैनापुर गाउँपालिका र खजुरा गाउँपालिका क्षेत्रमा १-१ गाउँपालिका थप गर्ने गरी सिफारिस भएको छ ।

जानकी गाउँपालिकाबाट रामनिवास यादव प्रमुखमा र भुमिसरा धिताललाई उपप्रमुखमा सिफारिस भएको छ । बैजनाथ गाउँपालिकामा मानबहादुर रुचाल र उपप्रमुखमा शारदा विकलाई सिफारिस गरेको छ ।

डुडुवा गाउँपालिकाको जिल्ला तथा तल्लो कमिटीले प्रेस चौतारी बाँकेका उपाध्यक्ष समेत रहेका शकिल अहमद खाँलाई प्रमुख र कृष्णवती पाण्डेलाई सिफारिस गरेको भए पनि कसलाई सिफारिस अनुसार उम्मेदवा चयन गरिए-नगरिएको जानकारीमा आएको छैन ।

नेपालगन्ज उपमहानगपालिकामा पार्टीको स्थायी कमिटीले टुंगो लगाउने हो भन्दै प्रदेश कमिटीले माथिल्लो कमिटीमा पठाएको जानकारीमा आएको जिल्ला प्रचार विभाग प्रमुख कक्षपतिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment