Comments Add Comment

पुजाको प्रसादी खादा एक सय जना बिरामी

१० बैशाख, बिराटनगर । बिराटनगर-१९ घिनाघाटस्थित पञ्चकन्या टोलमा एक घरमा पुजाको प्रसादी खादा एक सय भन्दा बढि बिरामी परेका छन ।

स्थानीय इश्वरी पौडेलको घरमा लगाइएको पुजाको प्रसाद खादा झाडापखला लाग्ने, बान्ता आउने, टाउको दुख्ने समस्या देखिएको छ ।
पाैडेलकाे घरमा तीन दिन अघि लगाइएको घरपैंचो पुजामा रोटि, तरकारी र अचार खाएपछि आफूहरुमा उक्त समस्या देखा परेको स्थानीय नवराज ढुङ्गानाले बताए ।

पुजामा खाएका एक सय भन्दा बढि मानिसहरुलाई लगातार झाडापखला, टाउको दुख्ने, बान्ता हुने वाकवाक लाग्ने लगायतका समस्या देखिएको उनले बताए ।

बिरामीहरुको कोशी अञ्चल अस्पताल र नोवेलमा उपचार भइरहेको छ । अस्पतालले बिरामीको चाप बढेकाले भर्ना लिन नमानेपछि आफूहरुले जिल्ला जनस्वास्थ्य कार्यालयसंग सहयोग मागेको उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले आईतबार सो टोलमा डाक्टर अरुण मण्डलको नेतृत्वमा स्वास्थ्य जाँच टोलि पठाएको छ । आईतबार मात्रै ८७ जना स्थानीयले उपचार गराएको र सबैमा झाडापखला देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment