Comments Add Comment

रमादान महिनामा पर्‍यो दोस्रो चरणको चुनाव, मुस्लिम समुदायको विरोध

१० बैशाख, नेपालगन्ज । मुस्लिम समुदायको पवित्र महिना रमादानमा दोस्रो चरणको निर्वाचन मिति तोकिएको भन्दै विरोध सुरु भएको छ ।

मुस्लिम समुदाय रमादानको महिनामा एक महिना उपवास बस्ने भएका कारण जेठ ३१ को चुनावको मितिमा पुनर्विचार गर्न मुस्लिम समुदायले आग्रह गरेका छन् ।

सरकार र मधेसी मोर्चाबीच दुई चरणमा चुनाव गर्ने सहमतिअनुसार सरकारले जेठ ३१ गते दोस्रो चरणमा चुनाव गर्ने निर्णय गरेको छ । इस्लामिक धार्मिक पात्रोअनुसार आगामी जेठ १३ वा १४ गतेबाट रमजान सुरु हुने अनुमान छ । मुस्लिम धर्मावलम्वीहरु रमजानको महिनामा पानीसमेत नखाई दिनभरी उपबास बस्ने चलन भएकाले रमादानको रोजा र चुनाबी अभियान कसरी सञ्चालन गर्ने भनेर निराशा छाएको मुस्लिम धर्मगुरु तथा मौलाना जियाउल मुस्तफा नूरानीले बताए ।

‘मुस्लिम विरोधी कार्य’

एमालेबाट डुडुवा गाउँपालिका प्रमुखकोे उम्मेदवारमा प्रस्तावित शकिल अहमद खाँले भने, ‘रमादान महिनाभर निर्वाचन राख्नु मुस्लिम विरोधी कार्य गर्नु हो भन्ने हामीले ठानेका छौं र आफूलाई मधेसको ठेकेदार सम्झने मधेसी मोर्चाले मुस्लिम समुदायलाई बेवास्ता गर्दै जुन मिति प्रस्ताब गरेको छ त्यो खेदजनक छ ।’

एमाले वैकल्पिक केन्द्रीय सदस्य मो. हारुन हल्वाइले सरकार र मधेसी मोर्चा दुबै मुस्लिम विरोध हुन् भन्ने तथ्य प्रमाणित भएको दाबी गर्दै भने, ‘समुदायले यसको कडा विरोध गर्छ । यसबारे सबै दल सम्बद्ध मुस्लिम अगुवाको बैठक राखेर के गर्ने भन्नेबारे छलफल गरी निर्णय लिनेछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment