Comments Add Comment

तामाको भाँडामा राखिएको पानीबाट पाइन्छ यी चमत्कारीक लाभ

हामीकहाँ प्लाष्टिकको भाँडा, बोत्तलमा भण्डारण गरिएको पानी पिउने गरिएको छ । धेरैजसोको भान्सामा पानी राख्ने भाँडो पनि प्लाष्टिककै हुने गर्छ । तर, प्लाष्टिकको भाँडामा भण्डारण गरिएको पानी विषाक्त हुने कुरा पुष्टि भइसकेको छ । यसमा हानिकारक रसायन हुने भएकाले त्यसको असर भण्डारण गरेको पानीमा पनि पर्छ ।

सर्बोत्तम तामा

रातभर तामाको भाँडामा पानी राख्ने र बिहान उठेपछि पिउनुपर्छ, यो एकदमै स्वस्थ्यवर्द्धक हुन्छ । आर्युवेदमा भनिएको छ, तामाको भाँडामा भण्डारण गरिएको पानीले शरीरको केहि दोष शान्त गर्छ । साथै, यसले शरीरको विषाक्त पदार्थ निकाल्छ । तर, तामाको भाँडामा कति समय पानी राख्ने ? कसरी राख्ने ख्याल राख्नुपर्छ ।

ताम्रजल

तामाको भाँडामा पानी संग्रहित गर्नुलाई ताम्रजल भनिन्छ । ध्यान राख्नुपर्ने कुरा के भने, तामाको भाँडामा कम्तीमा ८ घण्टासम्म राखिएको पानी लाभदायक हुन्छ । जुन व्यक्तिलाई कफको समस्या छ, उनीहरुले पानीमा तुलसीको केहि पात हाल्नुपर्छ ।

सबैलाई थाहा छ, तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसका फाइदा के-के छन् त ?

छालालाई स्वस्थ्य बनाउने- हामी छालालाई स्वस्थ्य बनाउनका लागि थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौ । राम्रो सौन्दर्य प्रसाधन प्रयोग गर्दैमा छाला स्वस्थ्य एवं चम्किलो हुन्छ भन्ने छैन । यसमा तपाईको दिनचर्या र खानपान मूख्य रुपमा जोडिएर आँउछ । त्यसैले तपाई छालालाई स्वस्थ्य बनाउन चाहनुहुन्छ भने तामाको भाँडामा रातभर राखेको पानी पिउनुहोस् । यसको नियमित सेवनले तपाईको छाला चम्किलो र मुलायम हुन्छ ।

थाइराइड नियन्त्रण- थाइरेक्सीन हर्मोनको असन्तुलनले थाइराइडको समस्या हुन्छ । विज्ञहरुका अनुसार कपरको स्पर्श भएको पानीले शरीरमा थाइरेक्सीन हर्मोनलाई सन्तुलित राख्छ ।

युरिक एसिडमा फाइदाजनक- अहिले धेरैलाई युरिक एसिडको समस्या हुन्छ । यदि तपाईलाई पनि यस्तो समस्या छ भने तामाको भाँडमा राखिएको पानी पिउने गर्नुहोस् ।

सधै जवान राख्छ- त्यसो त पर्याप्त पानी पिउँदा छाला स्वस्थ्य हुन्छ । यदि तामाको भाँडमा राखिएको पानी पिउने हो भने, मृत्त छालाहरु हटाएर अनुहारलाई सधै फ्रेस तथा जवान देखाउँछ ।

पाचन प्रक्रिया चुस्त बनाउने-एसिडिटी, ग्याष्ट्रिक जस्ता समस्यामा तामाको पानी पिउनु अमृतसमान हुन्छ ।

उच्च रक्तचाप, कोलोस्ट्रोरमा फाइदा- तामाको भाँडामा राखिएको पानीले उच्च रक्तचाप, कोलोस्ट्रोर नियन्त्रण गर्छ ।

जान्नैपर्ने कुरा

तामाको भाँडामा रातभर पानी भण्डारण गर्नुपर्छ । यसले तामाको स्वस्थ्यप्रद गुण त्यस पानीमा सर्छ, जो पेट सम्बन्धी रोगदेखि रगतको शुद्धतासम्ममा फाइदाजनक हुन्छ । तामाको बर्तनमा पानी भरेर राख्दा त्यसलाई जमिनमा राख्नु हुँदैन । काठमाथि वा कुनै धातुको टेबलमाथि राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment