Comments Add Comment

कटप्पाले किन माग्नुपर्‍यो माफी ?

एसएस राजमौली निर्देशित बहुप्रतिक्षित फिल्म बाहुबलीको सर्वाधिक कौतुहलताले भरिएको पात्र हुन्, कटप्पा । फिल्मको पहिलो भागमा कटप्पाको कृत्यसँगै फिल्मले एउटा प्रश्न छाडेर जान्छ, आखिर किन कटप्पले बाहुबलीको हत्या गर्‍यो ?

यसको जबाफ बाहुबली द कन्क्ल्युजनमा मिल्ने अपेक्षा गरिएको छ, जो आगमी हप्ता सार्वजनिक हुँदैछ । र, फिल्म प्रदर्शनको मिति नजिकिदै गर्दा कटप्पा उर्फ सत्याराज भने लफडामा परे । यो विवाद तात्तातो घटनाबट उब्जिएको भने होइन, ८ बर्ष पुरानो हो ।

आठ बर्षअघि कावरी विवादमा आफुले दिएको बयानका कारण अभिनेता सत्यराज लफडामा परेका हुन् । उनले कर्नाटक-तमिलनाडुबीच पानी बाढ्ने कुरामा कन्नडका समर्थक कार्यक्रताको विरुद्ध अपमानजनक टिप्पणी गरेका थिए ।

यहि विवाद अहिले पुन बल्झिएपछि कटप्पा अर्थात सत्यराजले माफी शीर निहुराउनुपरेको छ । उक्त विवादलाई लिएर कतिपय स्थानका बाहुबलीको प्रदर्शनलाई समेत बाधा पर्ने स्थिती देखिएको थियो । त्यसैले हुनसक्छ उनले माफी माग्नमै आफ्नो भलाई देखे । सत्यारजले माफी माग्दै भनेका छन्, म कर्नाटकका मानिसको भावनालाई चोट पुर्‍याउनेबारे सोच्नपनि सक्दिन ।

यस मुद्दामा मैले नौ महिनाअघि किन टिप्पणी गरेको थिएँ भने, ‘त्यसबेला कर्नाटकमा तमिलमाथि हमाला भइरहेको थियो । म कर्नाटकको मानिसको भावनामाथि चोट पुगेकोमा माफी माग्न चाहन्छु ।’

आफ्नो कारणले फिल्म बाहुबलीलाई समेत असर पर्ने देखिएकोमा निर्देशक एसएस राजमौलीसँग समेत माफी माग्ने उनले बताएका छन् । राजमौली बाहुबलीका निर्देशक हुन् साथसाथै तेलुगू फिल्मको चल्तापूर्जा निर्देशक र स्त्रिmप्ट राइटर पनि ।

सत्यराजले भनेका छन्, ‘मैले फिल्म निर्मातासँग पनि भनेको छु कि, यदि मेरो कारणले तपाईहरुलाई कुनै हानी हुन्छ भने मलाई फिल्ममा नलिए हुन्छ ।’ – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment