Comments Add Comment

प्रचण्डलाई भेटेपछि ओलीले भने- माकुराको जालमा झिँगामात्रै पर्छ !

१० बैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु माकुराको जालोमा नपर्ने बताएका छन् । उनले संविधान संशोधनको प्रस्तावको कागज हेरेपछि एमालेले प्रतिक्रिया दिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग आइतबार आफ्नै निवासमा कुराकानी गरिसकेपछि ओलीले मिडियालाई प्रतिक्रिया दिँदै चुनावको एकसाता पहिले बजेट ल्याउन नपाइने बताए । उनले एमाले हीन ग्रन्थीले नचल्ने बताए ।

ओलीको भनाइ जस्ताको त्यस्तै-

प्रधानमन्त्रीजी जानकारी गराउन आउनुभएको रहेछ । उहाँहरुले गरेको सहमतिको हामीसँग परामर्श भएको छैन । हामी हेर्छौं, अध्ययन गर्छौं । समर्थन गर्न लायक कतै भेटियो भने समर्थन गर्छौं । विरोध गर्न लायक, प्रक्रियामा जान दिन मिल्नेसम्म देखियो भने त्यसमा जान दिन्छा्रैं ।

देशलाई गम्भीररुपमा अहितै गर्न खोजिएको र संविधान कार्यान्ँवयन गर्नुपर्ने ठाउँमा संविधानै भाँचकुच गर्न खोजिएको पाइयो भने त्यसमा हामीले रोकावट गर्नुपर्ने हुन्छ । मौखिकरुपमा सुनेर के गर्ने, हेरौं कागजपत्र ।

कस्तो संशोधन गर्ने ? जे ल्याए पनि समर्थन गर्छौं भनेको थियो र कहिल्यै ? होइन । वहाँहरुले अघिल्लो संविधान संशोधनको प्रस्ताव गलत, अनुपयुक्त ल्याउनुभएको थियो । हामीले धेरै समय भन्यौं । अलि समय जिद्दी गर्नु भो । पछि गलतै रहेछ, यो हामी फिर्ता लिन्छौं भन्नुभो । फिर्ता लिएर राम्रै गर्नुभो । अब अहिले कस्तो ल्याएको छ, हेर्नुपर्छ ।

त्यो हेर्नुपर्छ । स्थानीय तहको कहाँ बढाउने भनेको छ, किन बढाउने ? कसले माग गर्‍यो, कसले जिद्दी गर्‍यो ।

हामी चुनावको पक्षमा छौं । तर, जेठ १५ गते बजेट जारी हुन्छ, अनि हप्ता १५ दिनपछि चुनाव गर्ने । त्यो वीचमा चाहिँ चुनाव प्रचारका लागि बजेटमा थुप्रै कुराहरु राख्ने प्रचारका कुरा, अनि त्यही कुरा लिएर चुनावमा जाने जस्ता कुराहरु चाहिँ स्वीकार्य हुँदैनन् ।

हीन ग्रन्थीबाट एमाले चल्दैन । कमजोर मनोग्रन्थीबाट चल्दैन । यासे भन्लान् कि, उसो भन्लान् कि ? हामी देशको हितका निम्ति, देशको हितको पक्षमा दृढताका साथ उभिन्छौं । एमाले त्यस्तो अप्ठ्यारोमा पर्‍यो भन्ने… हुन्छ नि यसो जालसाजी दुईटा कुरा, त्यस्ता कुराहरुको धरापमा एमाले पर्दैन । माकुराको जालोमा झिँगामात्रै पर्छ ।

तर, एउटा के भने हामी सशंकित छौं । किन सशंकित छौं भने उहाँहरुले हामीसँग विषयमा दफावार किन छलफल गर्न आँट गर्नुभएन ?

यो पनि पढ्नुहोस् 

दुई चरणको चुनावमा एमाले ‘सकारात्मक’, संशोधन प्रस्ताव नहेरी नबोल्ने

एमालेले भन्योः बजेट भाषण गरेर दोस्रो चरणको चुनाव गर्न मिल्दैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment