Comments Add Comment

‘वेलकम नेपाल’ एप सार्वजनिक

१० वैशाख, काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरु त्था विभिन्न क्रियाकलापहरु समेटिएको नेपाल पर्यटन बोर्डको मोबाइल एप ‘वेलकम नेपाल’ नयाँ वर्ष २०७४को मौका पारेर सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय र आन्तरिक पर्यटकहरुलाई लक्षित र मुलुकको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित यो मोबाइल एप विकास गरिएको हो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशी यो मोबाइल एप सम्पूर्ण नभई प्रारम्भिक चरणको रहेको र आगामी दिनहरुमा आइओएस प्लेटर्फम मा शुभारम्भ र विभिन्न प्रविधिको विकास गरिँदै लगिने बताउँछन् ।

एपलाई एकपटक एप डाउनलोड गरिसकेपछि इन्टरनेट बिना पनि प्रयोग गर्न सकिनेछ । सरल र सहज रुपमा हात हातमा पुग्नु र अद्यावधिक सूचना र जानकारी प्रदान गर्ने हुनाले यसको उपयोगिता बढ्ने देखिन्छ ।

मोबाइल एपमा नेपालका अधिकांश पर्यटकीय गन्तव्य, ट्रेकिङ रुट, लगायत पर्यटनसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सकिनेछ ।

मोबाइल एपमा नेपाली पर्यटनको बारेमा सम्पूर्ण जानकारी राखिएको हुँदा पर्टयन प्रबर्द्धनमा सघाउनेमा पुग्ने बोर्ड विश्वस्त छ । हाल यो एन्ड्रोइड भर्सन गुगल प्ले स्टोरमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment