Comments Add Comment

पञ्जाबले गुजरातलाई हरायो

१० बैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले गुजरात लायन्समाथि २६ रनको जित हात पारेको छ ।

राजकोटमा पञ्जाबले प्रस्तुत गरेको १८९ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो ।

उसका लागि दिनेश कार्तिकले अविजित ५८ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । सुरेश रैनाले ३२ रन बनाए भने उसका अरु ब्याट्सम्यान चल्न सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो । उसका लागि हसिम अमलाले ६५ रन बनाए भने अक्षर पटेलले ३४ रनको योगदान दिए । ग्लेन म्याक्सबेलले ३१ र सन मार्सले ३० रन जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment