Comments Add Comment

जेठ २४ र २५ गते काठमाडौंमा स्टार्ट अप समिट


१० वैशाख काठमाडौं । उद्योग मन्त्रालयले जेठ २४ र २५ गते काठमाडौंमा देशका ७५ जिल्ल्ााका युवालाई समाबेश गराउँदै स्टार्ट अप सम्मेलन गर्न लागेको छ ।

उद्यमशिलतालाई विकास पुराउने उद्देश्यका साथ ७५ जिल्लाका ३ सय युवालाई समावेश गरी स्टार्ट अप सम्मेलन गर्न लागेको मन्त्री नविन्द्रराज जोशीले जानकारी दिएका छन् ।

उनले भने ‘अन्तर्राष्ट्रिय युवा उद्यमीहरुलाई स्रोत ब्यक्तिको रुपमा समावेश गरि नेपालमा उद्यमशिलताको सम्भाव्यताको बारेमा छलफल गरिने छ ।’

देशमा रहेका युवामा उद्यशिलताको बिकास गर्न यस कार्यक्रमले सघाउ पुराउने मन्त्री जोशीको भनाई छ । समिटमा सहभागी भएका युवाहरुले उद्योग सञ्चालनका क्रममा भोग्नुपरेका जटिलताहरुको बारेमा समेत बताउनेछन् । साथै यस सम्मेलनबाट उद्यमका नयाँ नयाँ आइडियाहरु समेत निकाल्ने प्रयास गरिने भएको छ ।

विदेशबाट आएका युवाहरुले ती देशहरुमा रहेका उद्यमशिलता सम्बन्धी अभ्यासका बारेमा समेत जानकारी गराउनेछन् ।

मन्त्री जोशीले भने ‘नेपालमा लगानीको संभाव्यता छ भन्ने बारेमा अन्तर्राष्ट्रिय समुदायमा पनि जानकारी दिने हाम्रो उद्देश्य हो ।’

यस समिटबाट उद्यमशिलता सम्बन्धी युवाहरुमा रहेको नीतिगत धारणामा पनि परिवर्तन ल्याउने मन्त्रालयको उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment