Comments Add Comment

माओवादी केन्द्रले आचारसंहिता उल्लंघन गरेको कांग्रेस-एमालेको आरोप

१० बैशाख, रामेछाप । रामेछापका दुई ठुला राजनितिक दलहरुले रामेछापमा माओवादीका नेताबाटै आचारसंहिता उल्लंघन भएको आरोप लगाएका छन् । उनीहरुले मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

जिल्लाको विभिन्न स्थानमा बिजुलीको पोल झार्ने र भोट हाल्नेलाई बिजुली बालिदिने भन्दै माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेस र एमालेले मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीको ध्यानाकर्षण गराएका हुन् ।

आइतबार भएको छलफलमा उनीहरुले यसअघि स्वीकृत नभएका र योजनामा समेत नरहेका स्थानमा बिजुली बाल्नका लागि पोल लाने र डोजर लिएर गाउँगाउँमा सडक खन्ने काम भएको भन्दै आपत्ति जनाएका हुन् ।

कार्यक्रममा कांग्रेस सभापति लवश्री न्यौपानेले जिल्लाको सुनापती गाउँपालिकाको सबै वडा लगायत विभिन्न ठाउँमा भोट दिनुपर्छ भन्दै बिजुलीको पोल लाने काम भइरहेको बताए ।

एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडलले श्रेष्ठको नेत्तृत्वामा निर्वाचन आचारसंहिताको उल्लंघन भएको आरोप लगाए ।

उनले जिल्लाको दोरम्वा गाउँपालिका वडा नम्वर १ र १० तथा मन्थली नगरपालिका ४, साविकको डडुवा, राकाथुम र सुनापती गाउँपालिका लगाएतको स्थानमा सांसद श्रेष्ठको नेतृत्वमा बिजुलीको पोल झार्ने काम भएको बताए । उनले यस्ता कार्यले अपि्रय घटनाहरु निम्त्याउन सक्ने भन्दै त्यस्ता घटना भए भागेदार नेकपा माओवादी केन्द्र हुने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता मैनकुमार मोक्तान मदनले जिल्लाका सबै राजनीतिक दलबाट केहि कमजोरी भएकाले अबको दिनमा यस्तो कार्य गर्न नहुने बताए ।

मुख्य जिल्ला निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले झण्डै २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संयमित भएर लाग्न आग्रह गरे । उनले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता जिम्वेवार ढंगले पालना गर्न सरोकार राख्ने सबै निकायलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment