Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः बजेटपछिको निर्वाचन एमालेलाई अमान्य, बजेट सार्न अर्कै संशोधन

११ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट ल्याएपछि स्थानीय तहको दोस्रो चरणको निर्वाचन गरेमा अमान्य हुने निर्णय गरेको छ । सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले बजेटपछिको निर्वाचन एमालेलाई अमान्य भएको खबर लेखेका छन् । बजेटका कारण सरकारले दोस्रो चरणमा गर्न लागेको निर्वाचन विवादमा परेपछि बजेट सार्न अर्कै संशोधन तयारी गरिएको खबर पनि पत्रपत्रिकामा छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने भनेर गरेको निर्णयलाई गोरखापत्र दैनिकले प्रमुखताका साथ लेखेको छ । संघीय गठबन्धनका आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको खबर पनि आजको गोरखापत्रको पहिलो पृष्ठमा छ ।

अन्नपूर्ण पोस्ट दैनिकले स्वास्थ्य मन्त्रालयले मणिपाल अस्पताललाई खारेजीको चेतावनी दिएको विषयलाई मुख्य खबर बनाएर छापेको छ । निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयले एमाले अप्रसन्न भएको र बजेटसमेत सकसमा परेको अन्नपूर्णले खबर छापेको छ ।

नागरिक दैनिकले संविधान संशोधन फास्ट ट्याकबाट गर्दै निर्वाचन वैशाख ३१ र जेठ ३१ मा गरिने लेखेको छ ।

आजको राजधानी दैनिकले संविधान र आचारसंहिताको चेपुवामा बजेट परेको एक सामग्री छापेको छ ।

‘पहिलो चरणको मतगणना के गर्ने ?’ शीर्षक दिएर मुख्य खबर लेखेको कान्तिपुर दैनिकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीको एसएलसीको प्रमाणपत्रै गायव भएको रोचक विषय उधेनेको छ ।

बजेटपछिको निर्वाचन एमालेलाई अमान्य हुने खबर लेखेको नयाँ पत्रिका दैनिकले जिल्लाका दुई दर्जन कार्यालय खारेजीको अवस्थामा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment