Comments Add Comment

जहाँ छात्राले दिनभरि शौच रोक्छन्

११ वैशाख, काठमाडौं । ‘एसइई (कक्षा १०) को परीक्षा सञ्चालन भइरहेकै बेला दुई छात्राको रजस्वला भयो । स्कुलले प्याड उपलब्ध गराउन सकेन । परीक्षा सकिएपछि लाजले ती छात्रा कक्षा कोठाबाट बाहिर निस्कन सकेनन् । परीक्षा केन्द्रका सबै विद्यार्थी शिक्षक र कर्मचारी हिँडेपछि मुस्किलले उनीहरु घर जान सके । यहाँका स्कुलले प्याडको व्यवस्था गर्दैन’, त्यसैले परीक्षा नियन्त्रण कार्यालयले व्यवस्था गरिदिनुपर्छ’, बैतडीका विद्यालय निरीक्षक शंकरदक्त जोशीले अभिव्यक्त गरेको भनाइ हो यो ।

उनको अभिव्यक्तिबाट बैतडीका सामुदायिक विद्यालयका शौचालको अवस्थाबारे सहजै अनुमान लगाउन सकिन्छ । शौचालन अधिकांशमा छन् तर प्रयोगविहीन छन्े । जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको छात्रा शिक्षा सञ्जालको बैठकमा उनले भने, ‘एउटै स्कुलको ८, १० वटासम्म शौचालय छ तर पानी छैन । त्यसैले सबै शौचालय सधैं बन्द हुन्छन् ।’

सफा शौचालयको अभावले विशेषगरेर छात्राहरुले दिनभरी पिसाब रोक्ने गरेका छन् । शिक्षा सरोकारवालाहरु यसरी छात्राले पिसाब रोक्दा मूत्रसम्बन्धी रोगसमेत लाग्ने गरेको बताउँछन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment