Comments Add Comment

राज्यले नचिनेका ज्युँदा शहीद, जो ११ वर्षदेखि अचेत छन्


११ वैशाख, काठमाडौं । जनआन्दोलनका घाइते मुकेश कायस्थकी आमा मिरा छोरो उठेर ‘गुड मर्निङ मामु’ भन्ने आसमा हरेक बिहान एकतमासले हेर्छिन् । उनले मुकेशलाई यसरी हेर्न थालेको ११ वर्ष बितिसक्यो ।

मुकेशजस्ता दुई दर्जन युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यान दिए । केही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए । कोही जीवन–मरणकै संघर्षमा छन् ।

बनेपा नगरपालिका–१६ का मुकेश जीवन–मरणसँग जुधिरहेका होनाहार पात्र हुन जनआन्दोलन–२ का । मुकेशका घरमा उनका बाबुआमा छन् तर उनीहरुसँग खुसी छैन । एकोहोरो हेरेर बस्ने छोरालाई आफूले पनि एकोहोरो हेरेर बस्नुबाहेक परिवारसँग विकल्प छैन ।

मुकेशको पीडा गणतन्त्रपछिको कुनै पनि सरकारले बुझेन । जति उनको उनको परिवारले खेपिरहेको छ । प्रधानमन्त्री, मन्त्रीहरु झन्डा फहराउँदै उनको घरमा अर्धचेत अवस्थामा ओछ्याउनमा सुतिरहने मुकेशलाई पटकपटक भेट्न आए, आश्वासन दिए । तर, आश्वासन कसैले पूरा गरेनन् । आजको राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment