Comments Add Comment

फरार अभियुक्तको सर्वोच्चमा वारेस !

११ वैशाख, काठमाडौं । लागूऔषध मुद्दामा १८ वर्षदेखि फरार भई जिल्ला अदालत काठमाडौंबाट ‘वारेन्ट’ जारी गरिएका एक अभियुक्तले अर्को मुद्दामा सर्वोच्च अदालतलाई गुमराहमा पारेर कानुनविपरीत वारेसनामा दिएको फेला परेको छ ।

सेयरसम्बन्धी विवादमा सर्वोच्चमा चलेको अर्को किर्ते जालसाजसम्बन्धी मुद्दामा फरार अभियुक्तकै हस्ताक्षरसहित मुद्दा लड्ने प्रयोजनका लागि वारेसनामा दिएको तथ्य फेला परेको हो ।

मुलुकी ऐन अदालती बन्दोबस्त महलको ६५(३) ले फौजदारी मुद्दामा अदालतबाट वारेन्ट जारी भई फरार रहेको व्यक्तिको अन्य मुद्दामा वारेस मुकरर हुन नसक्ने व्यवस्था छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, लागूऔषध मुद्दामा वारेन्ट जारी गरिएका भारत लखनउ घर भई काठमाडौं बसोबास गर्दै आएका मसकुर अहमद लारीले

सर्वोच्चबाट अर्को मुद्दामा वारेसनामाको सुविधा पाएका हुन् ।

पक्राउका लागि वारेन्ट जारी भएका फरार सर्वोच्चबाटै यस्तो सुविधा लिएको विषय अहिले न्याय क्षेत्रमा चर्चित घटना बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment