Comments Add Comment

५०० गोलः जसले सावित गर्छ मेस्सी अझै उत्कृष्ट छन्

११ बैशाख, काठमाडौं । रियल मड्रिडमाथि सनसनीपूर्ण ३-२ को जित हात पार्दै बार्सिलोनाले ला लिगाको उपाधि खुला गरेको छ र इएल क्लासिकोको विजेता थिए-लिओनल मेस्सी ।

मेस्सीले दुई गोल गरे, जसमा एक खेल सकिन मात्र १२ सेकेण्ड बाँकी रहँदा गरेको विजेता गोल पनि छ । यो जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । यद्यपि उपाधि अझै रियल मड्रिडकै हातमा छ ।

यति मात्र होइन, मेस्सीले बार्सिलोनाका लागि ५०० गोल गरेका छन् ।

मेस्सीलाई गोलले मात्र उत्कृष्ट बनाएको होइन, उनी रात भर धेर थोर अजेय (अनस्टपेबल) रहे ।

विपक्षीको फलका कारण लड्दा मुखबाट रगत आएपछि मेस्सीले पहिलो हाफ यसरी खेलेका थिए

बास्तवमा रियल मड्रिडले उनलाई त्यतिबेला मात्र रोक्यो, जतिबेला उनीहरुले फल गरे । मेस्सीविरुद्ध निकै खराब फल खेलेकै कारण रियलका सर्जिओ रामोसले सिधै रातो कार्ड पाएका थिए । कासिमेरो रातो कार्ड पाउनबाट भाग्यले बचे भने मेस्सीलाई फल गरेकै कारण माठेओ कोवासिकले पहेँलो कार्ड पाए ।

विपक्षी खेलाडीको घेराबन्दीका बीच मेस्सीले रियल मड्रिडको पोष्टमा गोलका लागि ६ प्रहार गरे, जस मध्ये चार सही दिशामा थियो र, यो अन्य खेलाडीको भन्दा बढी हो ।

मेस्सीले बेर्नाबाउमा खेलको अन्त्यमा नाटकीय रुपमा गरेको गोल इएल क्लासिकोको विजेता गोल भएका कारण मात्र विशेष होइन्, बार्सिलोनाको सिनियर टिमबाट उनकोम ५०० औं गोल पनि हो र यसले अझै पनि उनी नै विश्वको उत्कष्ट फुटबलर हुन् भन्ने सावित गर्छ ।

उनले यो आंकडा मात्र ५७७ खेलमा बनाएका हुन् । उनी बार्सिलोनाको सर्वाधिक गोलकर्ता त यसअघि नै भइसकेका थिए । उनले एकै सिजन सबैभन्दा धेरै गोल भने पेप ग्वार्डिओला प्रशिक्षक रहँदा २०११-१२ को सिजनमा हो, जुन सिजनले उनी ६० खेलमा ७२ गोल गर्न सफल भएका थिए । साथै २०१२ मा नै उनी एकै वर्षमा ९१ गोल गर्दै अर्को कीर्तिमान बनाउन सफल भए ।

रोनाल्डो १० गोलले पछाडि

यो सिजन मेस्सी ला लिगाको टप स्कोर हुनेमा अब कुनै शंका छैन भन्दा फरक नपर्ला । आइतबारको उत्कृष्ट प्रदर्शनपछि ला लिगामा यो सिजन उनको व्यक्तिगत गोल ३१ पुगेको छ । दोस्रो स्थानमा रहेका लुइस स्वरेजको २४ गोल छ ।

क्रिष्टियानो रोनाल्डो भने तेस्रो स्थानमा छन् र उनले यो सिजन ला लिगामा १९ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment