Comments Add Comment

‘गीता’ अब मैथिलीमा

सप्तरी । हिन्दूहरुको प्रमुख ग्रन्थ ‘गीता’ अब मैथिली भाषामा समेत पढ्न पाइने भएको छ ।

मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष समेत रहेका सप्तरीका सेवा निवृत्त शिक्षक देवेन्द्र मिश्रले गीताको मैथिली अनुवाद गरेका हुन् । आइतबार विश्व पुस्तक दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी अनुदित ग्रन्थको लोकार्पण गरियो । मिश्रकै आमा सोनादेवी र बुवा उदित नारायण मिश्रले अनुदित गीता सार्वजनिक गरे ।

अनुवादक मिश्रले मैथिली भाषालाई जीवन्त राख्न र मैथिलीभाषीलाई अध्ययन गर्न सहज होस् भनेर आफूले यो काम गरेको बताए । अनुवाद गर्ने क्रममा शब्दहरुको धेरै समस्या झेल्नुपरेको उल्लेख गर्दै उनले ९९ प्रतिशत मैथिली भाषाका शब्दहरु प्रयोग गरिएको बताए ।

सोही अवसरमा मिश्रले नै लेखेको बालसाहित्यको कृति ‘हमर मनोहर पोथी’ को पनि लोकार्पण गरियो । मिश्रले साझा प्रकाशनबाट ‘बगियाक गाछ’ बालकथा सङ्ग्रह र ‘मैथिली सामान्य ज्ञान’ प्रकाशित गरिसकेका छन् । उनले ०६६ सालमा साझा बाल साहित्य पुरस्कार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment