Comments Add Comment

मध्यरातमा घर जल्दा एकै परिवारका तीन बालवालिकाको मृत्यु

फाइल तस्वीर

११ बैशाख, नेपालगञ्ज । बाँकेको डडुवा गाउँपालिका १, पुडुवा गाउँमा मध्यरातमा भएको आगलागीमा परेर एकै घरका तीनजना बालवालिकाको मृत्यु भएको छ ।

आइतबार राति साढे ११ बजे दुलारी मुराउको घरबाट शुरु भएको आगो नियन्त्रण हुनुअघि नै मुन्सी मुराउका तीन सन्तानको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६ वर्षीय पवन मुराउ, ८ वर्षीय रामजी मुराउ र १० वर्षीया सोनी मुराउ रहेको प्रमुख जिल्ला अधिकाराी रविलाल पन्थले जानकारी दिए ।

राति खाना खाएपछि बच्चालाई घरमा सुताएर बाबुआमा खलियानमा गहुँ दाउन गएका बेला यस्तो दुःखद घटना भएको हो ।

आगलागीको कारण खुलेको छैन । आगलागीबाट टोलका ८ वटा कच्ची घर नष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment