Comments Add Comment

यस्ता छन्, बाहुबलीका यी पात्रको वास्तविक अनुहार

‘कटप्पाले किन बाहुबलीको हत्या गर्‍यो ?’ यहि जिज्ञासा मेट्न आउँदो सुक्रबार फिल्म ‘बाहुबली द कन्क्ल्युजन’ सार्वजनिक हुँदैछ । फिल्ममा अनौठा-अनौठा चरित्र छन् । हरेकको उत्तिकै जोडदार उपस्थिती छ । यस्तो लाग्छ, एकजना पात्र मात्र त्यहाँबाट हटाइने हो भने फिल्म यति कसिलो र रसिलो हुँदैन । यसरी आफ्नो चरित्रलाई जीवन्त तुल्याउने पात्रहरुको सक्कली अनुहार चाहि कस्तो छ ?

प्रभास-बाहुबली

फिल्म बाहुबलीका केन्दि्रय भूमिकामा छन्, प्रभास । उनको पुरा नाम, प्रभास राजु उप्पलपाटि । बाहुबली द विगिनिङमा प्रभासले फिल्मको पुरा बजेटको १० प्रतिशत अर्थात भारु २४ करोड रुपैयाँ पारिश्रमिक पाएका थिए । त्यसमध्ये उनको शरीर बनाउनका लागि मत्र डेढ करोड खर्चिएको थियो । फिल्ममा उनलाई प्रभावशाली, बलिष्ठ, बुद्धिमान, सत्यबादी र पुरुषार्थी पात्रको रुपमा चित्रण गरिएको छ ।

सत्यराज-कटप्पा

बाहुबलीका रहस्यमयी पात्र कटप्पाको भूमिका अभिनेता सत्यसराजले निभाएका हुन् । फिल्ममा कटप्पा एउटा बफदार रक्षक हुन् । तर, जसले उनीप्रति औधी भरोसा गरेका हुन्छन्, उसैको हत्या गर्न पुग्छन् । किन ? सायद यसको जबाफ आगमी साता मिल्नेछ ।

सत्यराजलाई कटप्पाको रुपमा वास्तवमै बफदार र युद्ध कौशलमा निपूर्ण पात्रको रुपमा देखाइएको छ । कटप्पाको भूमिकामा जमेका सत्यराज दक्षिण भारतिय फिल्म उद्योगका चल्तीका अभिनेता तथा मीडियाकर्मी हुन् ।

प्रभाकर-कालकेय

फिल्ममा डरलाग्दो, निख्खर कालो पात्र छन्, कालकेय । यिनको आफ्नै अनौठो भाषा छ । ठूलो संख्यामा सेना छन् । कालकेयसँगको द्वन्द्वले नै बाहुबलीलाई रोचक बनाएको छ । अतः कालकेयको भूमिकालाई जिवन्त तुल्याउने कलाकार हुन्, प्रभाकर ।

नास्सर- बिज्जलदेव

बाहुबलीका बिज्जलदेवको भूमिकामा छन्, नास्सर । फिल्मको नेगेटिभ रोलमा उनी निकै जमेका छन् । उनी आफै फिल्म निर्माता, निर्देशक पनि हुन् ।

अनुष्का- देवसेना

अभिनेत्री अनुष्का शेट्टीले बाहुबलीमा देवसेनाको भूमिका निर्वाह गरेकी छिन् । उनले द रियल डन, डन नम्बर वान, शिवा द सुपर हिरो -२ जस्ता फिल्ममा अभिनय गरेकी छिन् ।

राणा दग्गुबाती- भल्लालदेव

 

फिल्म बाहुबलीमा भल्लालदेवका भूमिका निर्वाह गरेका छन्, राणा दग्गुबातीले । उनले तेलुगू फिल्मबाट डेब्यु गरेका हुन्, त्यसपछि उनी केहि हिन्दी फिल्ममा देखिएका थिए ।

राम्या कृष्णन-शिवगामी

फिल्ममा शिवगामीको भूमिकामा राम्या कृष्णन देखिएकी छिन् । १३ बर्षकै उमेरदेखि अभिनयमा लागेकी उनले हिन्दीका साथै तेलुगू, तमिल, मलयामलम, कन्नड भाषाको फिल्ममा अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment