Comments Add Comment

गर्मीमा भुलेर पनि यस्ता खानेकुरा नखाऔं

तपाईले अनुभव गरेकै हुनुपर्छ, गर्मीमा पेट त्यति स्वस्थ्य हुँदैन । खानेकुरा पच्दैन । गर्मीमा छिटै सड्ने, गल्ने भएकाले खानेकुराहरु ताजा पनि रहँदैन । बासी र सडेगलेको खानाले सास्ती दिन्छ । त्यसैले विज्ञहरु सुझाव दिन्छन्, गर्मीका बेला खानपानमा सतर्क हुनुपर्छ ।
सही हो, यसबेला खानपानमा सावधानी अपनाइएन भने पेटको समस्या झेल्नुपर्ने हुन्छ । कस्तो खानेकुरा गर्मीमा सही हुन्न ? वा कसरी पकाएको खानेकुराले स्वास्थ्य समस्या निम्त्याउँछ ?

१. जंग फूड
हाम्रो जिब्रोमा जंक फूडको स्वाद गढिएको छ । छिटो, छरितो र मीठो खान्कीको रुपमा जंक फूड खान्छौं, जो बजारमा सजिलै उपलब्ध पनि हुन्छ । यद्यपि यस किसिमको खानेकुराले जिब्रोलाई क्षणिक लोभ्याए पनि शरीरलाई हानी गर्छ । अझ गर्मीको समयमा त जंक फूड विष समान हुन्छ । यसको सेवनले फूड प्वाइजनिङ समेत हुनसक्छ ।

२. स्पाइसी फूड
हामी अक्सर चिल्लो, चाप्लो, मसलेदार खानेकुरामा लोभिन्छौं । यस्तै खानेकुराको चक्करमा फसेर हामीले शरीरलाई रोगको कारखाना बनाइरहेका छौं । मसलेदार खानेकुराले जिब्रोलाई स्वाद दिए पनि त्यसले पाचन यन्त्रलाई सास्ती दिन्छ । त्यस्ता खानेकुरा पचाउन निकै गाह्रो हुन्छ । अझ गर्मीको मौसममा त मसलेदार खाना नखाएकै वेश । किनभने, यसले शरीरको तापक्रम बढाइदिन्छ । नतिजा, पसिना बढी आउँछ र शरीरमा पानीको अभाव हुन्छ । त्यसैले सुपाच्य र सादा खानेकुरामा जोड दिनुपर्छ ।

३. ननभेज
मासुजन्य खानेकुरा गर्मीका लागि उपयुक्त मानिँदैन । यसमा रहेको प्रोटिन चाँडै पच्दैन । यही कारण पाचन प्रक्रियामा असर पुर्‍याउँछ । हामीले अनुभव गरेकै हो, मासुजन्य खानेकुरा खाएको बेला शरीर भद्दा हुन्छ । अल्छी लाग्छ । त्यसैले गर्मीमा ननभेज खानेकुरामा जोड दिनु हुँदैन । बरु, हरियो सागपात एवं मौसमी तरकारी सेवन गर्नुपर्छ, जसले पाचन यन्त्रलाई चुस्त र तन्दुरुस्त राख्छ ।

४. ड्राइ फ्रूट्स 
शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न सन्तुलित भोजनको आवश्यकता हुन्छ । यसका नियमित खानामा ड्राई प|mुट्स पनि सामेल गर्नुपर्छ । स्वास्थ्यका लागि यो फाइदाजनक छ । तर, गर्मी मौसममा भने होइन । किनभने यसले शरीरको तापक्रम वृद्धि गर्छ । यदि खाने नै हो भने, किसमिश जस्ता रसयुक्त ड्राइ फुड्स ठीक हुन्छ ।

५. चिया कफी
गर्मीमा पर्याप्त पेय पदार्थ पिउनुपर्छ । चाहे त्यो पानीको रुपमा होस् वा रसिलो फलफूलको रुपमा नै । झोलयुक्त खानेकुरा, फलफूल आदिको सेवनले शरीरमा पानीको मात्रा सन्तुलित बनाइराख्छ । तर, हाम्रो दैनिक पेय चिया र कफी भने गर्मीमा उपयुक्त हुन्न ।

६. प्रोसेस्ड फूड
तयारी अवस्थामा पाइने वा प्रशोधित खानेकुराले पनि स्वास्थ्यमा नोक्सान पुर्‍याउँछ, खासगरी गर्मीको मौसममा । यस्ता खानेकुरामा नुन, चिनी तथा बोसोको मात्रा बढी हुन्छ । प्रासेस्ड फूड सेवन गरेपछि धेरै पसीना आउँछ, जसले शरीरमा पानीमा मात्रा कम हुन जान्छ । यस्तो खानेकुराले पाचनयन्त्रलाई पनि हानी गर्छ ।

७. कोल्ड ड्रिंक
चर्को गर्मीमा हामीलाई चिसो कोकाकोला, फ्यान्टा, पेप्सी घुट्क्याउन मन लाग्छ । यसले हाम्रो रहर पूरा भए पनि तिर्खा भने मेटिँदैन । यस्तो पेय गर्मीमा बढी खपत हुने भए पनि त्यसले शरीरलाई फाइदा गर्दैन । बरु कोल्ड डि्रंकको बदलामा सर्वत पानी, कागती पानी, मोही सेवन गर्नु राम्रो हुन्छ ।

८. स्टि्रट फूड


चर्को गर्मीमा कतै हिँडिरहेका बेला तपाईलाई चटपटे वा पानीपुरीले लोभ्याउन सक्छ । यस्ता खानेकुराले जिब्रोलाई क्षणिक स्वाद पनि दिन्छ । तर, पेटमा पुगेपछि भने गडबड हुन्छ । गर्मी याममा फूटपाथमा राखिएका चटपटे, पानीपुरी, आलुचप जस्ता कुनै पनि खानेकुरा ताजा र सफा हुँदैन, जसले पाचन यन्त्रलाई हानी गर्छ ।

९. तारेको खानेकुरा
हामी तारेको, भुटेको खानेकुरा खोज्छौं । यस्तो खानेकुरा स्वादिलो त लाग्छ, तर स्वस्थ्यवर्द्धक हुँदैन । तारेको, भुटेको खानेकुरा पच्न गाह्रो हुन्छ । अझ घर बाहिर त तारेको, भुटेको खानेकुरा खानै हुन्न । किनभने त्यसका लागि एकदमै कमसल तेलको प्रयोग गरिएको हुन्छ । एकपटक तारेको तेल पटक-पटक प्रयोग गरिन्छ, जुन विषाक्त हुनपुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment