Comments Add Comment

पुल नहुँदा दुई जिल्लाका बासिन्दालाई सास्ती

११ वैशाख, बेनी (म्याग्दी)। म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो खोलामा पुल नहुँदा खोला वारीपारीका लागि दुवै जिल्लाका बासिन्दा समस्यामा परेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–२ र बागलुङको मालिका पञ्चासेको सिमाना भएर बग्ने ठूलोखोलामा पुल नहुँदा दुवै जिल्लाका बासिन्दा समस्यामा परेका हुन् ।

हिउँदमा कुनै समस्या नभए पनि वर्षामा खोलो वारपार गर्न नसक्दा समस्या हुने गरेको बेनी नगरपालिका-२ का दिलबहादुर थापाले बताए ।

पुल नहुँदा म्याग्दीका विमिराबोट, तमाने, गौश्वारा, भकुण्डे, अर्जम र बागलुङ जिल्लाका मालिका, पञ्चासे, खर्कलगायतका गाउँका सयौँ मानिसले सास्ती व्यहोर्नुपरेको थापाले जानकारी दिए ।

समस्याका बारेमा दुवै जिल्लाका बासिन्दाले आआफ्नो गाविस, नगरपालिका तथा जिल्लामा समेत जानकारी गराई पुल निर्माणका लागि अनुरोध गरेका भए पनि कुनै निकायले पनि ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment