Comments Add Comment

बुवाआमाको मोबाइल फोन परिवारका लागि खराब


अभिभावकहरुले आवश्यक भन्दा बढि मात्रामा मोबाइल फोन प्रयोग गर्दा त्यसले पारिवारिक जिवनमा दरार पैदा गर्ने एक अध्ययनले देखाएको छ ।

११ देखि १८ वर्ष उमेरका २ हजार विद्यार्थीहरुमा गरिएको सर्वेक्षणमा एक तिहाई विद्यार्थीहरुले आफ्ना बुवाआमाले बढि मोबाइल चलाउने गरेको र आफुहरुले मोबाइल धेरै नचलाउन आग्रह गर्ने गरेको बताए ।

१४ प्रतिशत विद्यार्थीहरुले आफ्ना अभिभावकहरु खाना खाने समयमा पनि अनलाइनमा बस्ने गरेको बताएका छन् ।

उता ३ हजार अभिभावकहरुमा गरिएको सर्भेक्षणमा भने ९० प्रतिशत अभिभावकले यस्तो आरोप अस्विकार गर्ने गरेका छन् ।

डिजिटल अवेरनेस युके एण्ड द हेडमास्टर्स एण्ड हेडमिस्ट्रेस कन्फ्रेन्सको पछिल्लो अनुसन्धानले यस्तो देखाएको हो ।

जसमा विद्यार्थीहरुको राय यस्तो रहेको छ:

· ८२ प्रतिशत विद्यार्थीहरु खाना खाने समयमा बावु आमाले मोबाइल् चलाउन नहुने सोँचाई राख्दछन् ।

· २२ प्रतिशतले मोबाइलको प्रयोगका कारण परिवारका मानिसहरुसँग समय बिताउन तथा मस्ती गर्न बन्द भएको बताएका छन् ।

· ३६ प्रतिशतले आफ्ना अभिभावकलाई मोबाइल फोन प्रयोग नगर्न भन्ने गरेका छन् ।

जो विद्यार्थीहरुले आफ्ना आमाबुवालाई मोबाइल फोन नचलाउन भन्ने गरेका छन् उनीहरुमध्ये ४६ प्रतिशतको गुनासो के छ भने यस विषयमा अभिभावकले कुनै ध्यान नै दिएनन् । त्यस्तै यस्तो आग्रह गर्नेमध्ये ४४ प्रतिशतले आफुले दुखी तथा उपेक्षित महसुस गर्ने गरेको बताएका छन् ।

केवल १० प्रतिशत अभिभावकले मात्र आफुले मोबाइल फोनको प्रयोग गर्नु बच्चाको चिन्ताको विषय बनेको स्विकार गरेका छन् । ४३ प्रतिशतले चाहीँ आफुले अनलाइनमा धेरै समय बिताउने गरेको महसुस भएको बताए ।

अघिल्लो वर्षपनि यो अनुसन्धान टोलीले यस्तै एक अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार माध्यामिक विद्यालय स्तरका आधा भन्दा बढि विद्यार्थीहरु आफ्नो ओछ्यानमा मोबाइल चलाउने बानीबाट गुजि्ररहेको देखाएको थियो ।

नयाँ अध्ययनले चाहीँ ७२ प्रतिशत विद्यार्थीले हरेक दिन ३ देखि १० घण्टासम्म अनलाइनमा बिताउने गरेको देखाएको छ ।

लामो समयसम्म अनलाइन रहनाले आफ्ना बच्चाबच्चीको निद्रा समेत पूरा नहुने गरेको बताउने अभिभावक १० प्रतिशत छन् ।

केन्टको अक्सफोर्ड स्कूलका प्रधानाध्यापक माइक बुकेननका अनुसार अभिभावक, शिक्षक तथा विद्यार्थीहरुले मोबाइलको प्रयोगको विषयमा एक नयाँ शिराबाट नियम तय गर्नु आवश्यक छ जुन हाम्रो जिवन, स्कुल तथा खेलको अभिन्न अंग बनेको छ ।

शोधकर्ताहरुका अनुसार अहिलेका बच्चाहरु प्रविधिको अति प्रयोगसँग जोडिएका खतरासँग जानकार छन् । तर उनीहरु आफ्ना अभिभावकहरुले आफ्नै जिवनमा मोबाइलको प्रयोगको एक सीमा निर्धारण गरेर रोल मोडल बनून भन्ने चाहन्छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment