Comments Add Comment

५३ घण्टामा १ हजार व्यञ्जन !


भारतको नागुपरस्थित इन्ष्टिच्युट अफ इन्जिनियर्सको हलमा विशेष तरिकाले बनाइएको एक विशाल किचेनमा ग्यास स्टोभ र चिम्नीहरु लगाइयो । अनि सुरु भयो लगातार घण्टौँसम्म खाना पकाउने सिलसिला ।

शेफ विष्णु मनोहरले १२ वटा क्यामराको अगाडि ५३ घण्टासम्म एक हजार थरी शाकाहारी व्यञ्जन बनाएर विश्व रेकर्ड बनाएको दाबी पेश गरेका छन् । उनले हरेक आठ घण्टामा ४० मिनेटको विश्राम पनि लिए ।

मराठी रेडियो तथा टेलिभिजनमा चर्चित नाम विष्णु मनोहरले कैयन् च्यानलमा पकवान शो देखाइसकेका छन् । उनले भारतमा सबैभन्दा ठूलो परौँठा र कबाब बनाउने दाबी पनि गरिसकेका छन् । अहिले उनको ध्यान भने गिनिज बुकतर्फ छ ।

तिन दिन, दुई रातसम्म लगातार ५३ घण्टासम्म किचेनमा बिताएर १ हजार व्यञ्जन बनाउन लरतरो काम होइन ।

केही महिना पहिले एक सेमिनारको क्रममा अमेरिकामा जाँदा कसैले उनलाई लगातार खाना पकाएर विश्व रेकर्ड कायम गर्ने अमेरिकी व्यक्तिका विषयमा सुनाएसँगै उनमा पनि नयाँ रेकर्ड बनाउने हुटहुटी सुरु भयो । त्यसपछि उनले कुकिंगमा यस्तो रेकर्ड कायम गर्ने निधो गरे जसलाई भंग गर्न गाह्रो होस् ।

१२ वटा क्यामराले विभिन्न एंगलबाट खिचेर बनाएको भिडियो प्रमाणिकरणका लागि गिनिज बुकको कार्यालयमा पठाइनेछ । जहाँ अधिकारीहरुले निरिक्षण गरी विष्णुको विश्व रेकर्ड दर्ज हुनेछ । यसो गर्न तिन महिनासम्म लाग्ने विष्णुका भाई प्रवीण बताउँछन् ।

प्रवीणका अनुसार गिनिज बुकको नियम अनुसार हरेक एक घण्टामा ५ मिनेटको ब्रेक लिन सकिन्छ । विष्णुले पनि ८ घण्टापछि ४० मिनेटको आराम लिए । प|mेस हुने, मसाज गर्ने तथा केही मिनेट निद्रा लिने काम उनले उक्त खाली समयमा गरे ।

उक्त खाली समयमा डाक्टरको टोलीले उनको ब्लड प्रेसर, ब्लड ग्लुकोज तथा अक्सिजन लेभल आदिको जाँच गर्दथ्यो ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment