Comments Add Comment

चुम्बन गरेर कार पाउने अनौठो प्रतियोगिता, युवतीले गरिन् ५० घण्टा चुम्बन

वास्तवमा कार किन्नु एउटा ठूलै लगानी हो । पुरस्कारका रुपमा कार पाइने लक्की ड्रमा मानिसहरु लोभिएको देखिएकै छ । कारको सपना नहुने को होला र ? तर सपना सबैको पूरा हुँदैन । हालै सोसल मिडियामा कार जित्ने एक अनौठो मामिलाले खुबै चर्चा पायो ।

उक्त प्रतियोगितामा पैसा खर्च गर्नु थिएन, केवल चुम्बन गरे पुग्दथ्यो । त्यो पनि लगातार ५० घण्टा ।

उक्त प्रतियोगिता जितिन् ३० वर्षकी दिलिनी जयसूर्याले । ती महिलाले यो सावित गरिन् की यदि कुनै कुराको अठोट लिनेहो भने असम्भव भन्ने केही छैन ।

प्रतियोगिताको नियम निकै सजिलो थियो । नियमानुसार जसले अन्तिम समयसम्म कारलाई चुम्बन गर्दथ्यो उहीँ विजेता बन्दथ्यो र कार चुम्बन गरेको कार पुरस्कार पाउँथ्यो ।

अमेरिकाको टेक्सासको अस्टिनमा भएको हो यो अनौठो प्रतियोगिता । KISS a KIA नाम उक्त प्रतियोगितामा कारलाई ५० घण्टासम्म चुम्बन गरेर जयसूर्याले किया अप्टिमा एलएक्स कार जितिन् ।

अस्टिनको किस एफ एमले उक्त अनौठो प्रतियोगिताको आयोजना गरेको थियो । २० जना प्रतियोगीले कारलाई चुम्बन गर्ने प्रतियोगितामा भाग लिए । तर धेरै प्रतियोगी केही बेरमै थाके । पहिलो ७ घण्टासम्म त उक्त प्रतियोगिताको लाइभ प्रशारण नै गरिएको थियो र

स्मरण रहोस् किस गरेर कार जित्ने यस्तो अनौठो प्रतियोगिता अस्टिनमा पहिलोपटक भएको होइन । चीनमा सन् २००७ देखि नै चेभ्रोलेटले यस्तै प्रतियोगिता गर्ने गरेको छ । अमेरिकाको मिचिगनमा सन् २०१२ मा भएको यस्तै प्रतियोगितामा एक व्यक्तिले लगातार ७० मिनेटसम्म कारलाई चुम्बन गरेर सेडान कार जितेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment