Comments Add Comment

किन जुट्न सकेनन् देवीमायाको समस्यामा युएईका नेपाली संघसंस्था ?

यूएईमा क्रियाशील नेपाली संघसंस्थाहरु र यसका नेतृत्वकर्ताहरुको संवेदना कहाा, कसरी र कस्तो मुद्दामा केन्दि्रत हुन्छ ? यसै भन्न सकिन्न । कसैलाई सामान्य विपत पर्‍यो भने यहााका नेपाली संघसंस्थाको संवेदना आवश्यकताभन्दा बढी खनिएको इतिहास छ । तर, कोही ठूलै संकटमा परे पनि आाखै अघि भए पनि नदेख्याझै गरेको पाइएको छ ।

युएईको नेपाली समुदायमा विगत चार महिनादेखि अस्पतालमा उपचाररत दिक्तेल नपा-६, खोटाङकी देवीमाया लामा श्रेष्ठको सवालमा यहााको नेपाली समाज लगभग मौन छ ।

गत जनवरीमा झापाका जीवन रानालाई सारजहामा अज्ञात गाडीले ठक्कर दिएपछि उनको सहयोगका लागि एनआरएनको नेतृत्वमा सहयोग अभियान चलाइको थियो । इनास, झापाली समाज, प्रवासी मञ्चमात्र होइन, धेरै व्यावसायी तथा सर्वसाधारण असंगठित नेपालीहरुले पनि आर्थिक सहयोग गरेका थिए । सबैको सहयोग र सहकार्यको परिणाम आवश्यकताभन्दा बढी रकम संकलन भएको थियो ।

उनले स्वास्थ्य लाभ गरिसकेका छन् भने केही रकम उनको श्रीमतीको नाममा समेत नेपाल पठाइएको जानकारी एनआरएनले दिएको छ । तर, उपचारको बिल तिर्न नसकी अस्पतालमा बस्न विवश देवीको उद्दार गर्न युएईका नेपाली संघसंस्था किन एकजुट हुन सकिरहेका छैनन् ?
युएईको नेपाली समाजमा जाति, क्षेत्र र पहुाचका आधारमा समस्यामा परेका नेपालीहरुलाई सहयोग जुट्ने केही बुज्रुकहरुको तर्क छ । यसमा केही सत्यता पनि छ । मिडियाले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । ठूला सञ्चारमाध्यममा समाचार प्रकाशित भएमा सम्बन्धित समस्या समाधानमा धेरैले अग्रसरता देखाउाछन् । तर, देवीमायाको हकमा भने युएईका जिम्मेवार सामाजिक संस्थाहरु मौनता सााधेर बसेका छन् ।

रामप्रसाद ढुङ्गेल

पाकिस्तानी नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइएका अनिश राईको सहयोगका लागि युएईका नेपाली संघसंस्थाले सहकार्य गरेर एकताको राम्रो सन्देश प्रवाह गरेका थिए । यहााका पुराना तथा स्थापित संस्थाहरु नेपाली समाज, एनआरएन लगायतले केही मुद्दाहरुमा नेतृत्व गर्दै नेपालीहरुलाई परेका समस्या समाधानमा पहलकदमी उठाएका धेरै उदाहरणहरु छन् । उनीहरुले हात हालेका वा नेतृत्व गरेका धेरै समस्याहरु समाधान पनि भएका छन् ।

युएईमा करिब १ सयको हाराहारीमा नेपाली संघसंस्था चलायमान छन् । उनीहरु सबैको पहिलो कर्तव्य भनौं वा उद्देश्य समस्यामा परेका नेपालीहरुलाई सक्दो राहत पुर्‍याउनु रहेको पाइन्छ । केही संघसंस्थाहरुले समस्यामा परेका नेपालीलाई सहयोग गर्दै नेपालको शैक्षिक, विकास निर्माण, स्वास्थ्य आदि विविध क्षेत्रमा सहयोग गरेका पनि छन् ।

नेपाली दुताबास अबुधाबीको नेतृत्वमा कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन आएपछि युएईमा क्रियाशील नेपाली संघसंस्थाहरुको अस्तित्व स्वीकार गरेको पाइएको छ । नेपाली दूतावासले जनचेतना जगाउनेदेखि हुण्डी नियन्त्रण गर्ने जस्ता मजदुर केन्दि्रत कार्यक्रमहरु पनि गर्दै आएको छ ।

केही समयअघि नेपाली दूतावासले यहाा क्रियाशील नेपाली संघसंस्थाहरुका पदाधिकारीको बायोडाटा र सामाजिक क्रियाकलापहरुको सूची माग गरेको थियो । कतिले दुतावासको यो अभियानलाई शंकास्पद तरिकाले बुझे भने कतिले दुतावासले नेपाली संस्थाहरु ‘दर्ता’ गर्न लाग्यो भनी खुसी प्रकट गरे । तर, दुतावासले यहाा क्रियाशील नेपाली संस्थाहरुसाग सहकार्यका लागि संघसंस्थाको क्रियाकलापको आधारमा गरिएको सामान्य ‘सूचिकृत’ अभियान मात्र गरेको हो भन्ने कुरा थोरैलाई जानकारी छ अझै पनि । यद्यपि, युएईको कानुन अनुसार यहाा क्रियाशील नेपाली संघसंस्थाहरु अवैध छन् ।

विविध चुनौतीहरुबीच यहााका नेपाली संघसंस्थाले आफ्ना क्रियाकलाप जारी राखेका छन् । नेपाली नयाा वर्ष, चाडपर्व वा विशेष साास्कृतिक क्रियाकलापमा नेपाली संघसंस्थाले सक्रियता देखाउाछन् । पीकनिक खान, नाचगान गरी रमाइलो गर्न मात्र यहााका नेपाली संस्थाहरु सक्रिय छैनन्, कसैलाई ठूलै वा सानातिना आपत पर्दा यथासक्य आर्थिक, भौतिक, नैतिक सहयोग गरेकै छन् ।

स्मरण रहोस्, यो ब्लग तयार पारिरहेको परिप्रेक्ष्यमा आगामी मे १२ तारिख अबुधाबीमा २५६१ औं बुद्धजयन्तीलाई सामूहिक रुपमा मनाउन युएईमा कार्यरत ४० वटा नेपाली संघसंस्था तथा व्यावसायीहरुले ऐक्यबद्धता जनाएका छन् । उक्त कार्यक्रम सफल पार्न ४० वटा संघसंस्थाले मिलेर काम गर्नुलाई निकै महत्वका साथ हेरिएको छ । तर, वर्तमानको जल्दोबज्दो देवीमायाको समस्यालाई युएईका नेपाली संघसंस्थाले कसरी सहयोग र सहकार्य गर्लान् ? केही समय कुर्नैपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment