Comments Add Comment

‘मेरो कुरा सुनेर पुरुष लजाउँदा आनन्द लाग्छ’: ज्योती मगर


नेपाली लोक गायन क्षेत्रमा गायिका ज्योती मगरको चर्चा छुट्टै छ । उनलाई धेरैले गायिका भन्दा पनि हट पहिरन र उत्ताउला गीत गाउने गायिकाको रुपमा चिन्छन् । स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा ज्योती बढी नै खुल्दा उनको आलोचना हुने गरेको छ ।

तर, ज्योतीले आफूलाई ‘बोल्ड गायिका’ भन्दा आनन्द लाग्ने बताउँछिन् । अनलाइनखबरको विन्दास टक शो ‘मस्ती टक’मा भिडियो कुराकानी गर्दै गायिका मगरले आफूलाई हट गायिका भनेर अझै १० बर्ष बोलाउँदा फरक नपर्ने बताइन् ।

ज्योतीसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


निकै खुलेर कुरा गरेकी गायिकाले भनिन्-‘मैले परिवार एकसाथ बसेर हेर्न मिल्ने गीत पनि गाएकी छु । परिवारसँगै बस्न नमिल्ने गीत छ भने एक्लै हेर्नुहोस् ।’

उनले आफूलाई पुरुषहरु आफ्नो कुरा सुनेर लजाउँदा आनन्द लाग्ने समेत खुलाएकी छिन् ।

आफू महिला भएकै कारणले केही खुल्दा आलोचना हुने गरेको उनको तर्क छ । जीवनमा पुरुष हुन नपाएर मिस गरेको कुरा के हो भन्ने प्रश्नमा उनले भनिन्-‘म पुरुष भएको भए संभवत प्ले ब्वाई हुन्थे होला । महिला भएकाले ‘प्ले गर्ल’ बन्न सकिनँ ।’

रमाइलो कुराकानी गर्ने क्रममा ‘आजसम्म तपाई बाथरुममा २ जना नुहाउनु भएको छ’ भन्ने प्रश्नमा उनले निकै अचम्म लाग्दो जवाफ दिएकी छिन् । उनले, बाथरुम भित्रका अन्य केही कुरा समेत खुलाएकी छिन् । जसका लागि तपाइले ‘मस्ती टक’को भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment