Comments Add Comment

शो छोडेर जानेहरुलाई पनि कपिलको धन्यवाद !

भारतका चर्चित कमेडियन कपिल शर्माको टेलिभिजन कार्यक्रम ‘द कपिल शो’ ले १०० औं एपिसोड पुरा गरेको छ । यद्यपि कपिलसँगको झगडाका कारण उक्त शोका थुप्रै कलाकारले छोडेर हिँडिसकेका छन् ।

१०० औं एपिसोड पुरा गरेको अवसरमा कपिलले दर्शकहरुलाई सम्वोधन गरे । उनले शो छोडेर हिँडेका कलाकारहरुलाई धन्यवाद पनि दिए । यता उक्त शोमा नियमित देखिने नवोजित सिंह सिद्धूले भने शो छोड्नेहरुलाई फर्केर आउन अपिल गरे ।

कपिल शर्मा शोको पहिलो एपिसोड २३ अपि्रल २०१६ मा टेलिकास्ट भएको थियो । कपिलसँगको विवादका कारण सुनील ग्रोवर, चन्दन प्रभाकर, अली असगर, सुगन्दा मिश्रा र पि्रती सामोसले शो छोडेका थिए । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment