Comments Add Comment

डा. समीरको ‘भूकम्पमा मल्हमपट्टी’

११ बैशाख, काठमाडौं । भूकम्पको दोस्रो वार्षिकीको अवसर पारेर डा. रवीन्द्र समीरको ‘भूकम्पमा मल्हमपट्टी’ बजारमा आएको छ ।

भूकम्प प्रभावित दस जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर चलाएका डा. समीरले त्यस क्रममा देखेका र भोगेका कुरालाई पुस्तकमा लेखेका छन् । स्वास्थ्य शिविरमा नौ हजारभन्दा बढीको उपचार गरेका उनले विकट गाउँहरुमा न्याना कपडा वितरण गर्नुका साथै मनोपरामर्श कार्यक्रम तथा बालबालिकालाई पोषण शिक्षा दिएका थिए ।

लेखक समीरले भूकम्पले ल्याएको मानसिक, शारीरिक तथा भौतिक असरका बाछिटाहरुलाई बुझ्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । यस्तै, हास्य अभिनेता हरिवंश आचार्यले यो पुस्तक भूकम्पबाट सिर्जित अकल्पनीय अवस्था, पीडितको संवेदनशील मनोभाव तथा परकम्पको पर्वाह नगरी भूकम्पपीडित बस्तीमा गरेको यात्राको दर्पण भएको टिप्पणी गरेका छन् ।

जनस्वास्थ्य विशेषज्ञ रहेका र साहित्यका खासगरी लघुकथा विधाका सक्रिय रहेका डा. समीरको यो ११औं कृति हो । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment