Comments Add Comment

केपी ओलीले संसदमै भने-यो सरकार ध्रुवे हात्ती जस्तै

११ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दलल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकार ध्रुवे हात्ती जस्तै भएको टिप्पणी गरेका छन् । डीआईजी नवराज सिलवाललाई पक्राउ गरेको भन्दै उनले कानुन हातमा लिने काम नगर्न सरकारलाई चेतावनी दिए ।

सोमबार व्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै पूर्व प्रधानमन्त्री ओलीले नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई विना कारण पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरे ।

लोकतन्त्र भनेको अराजकतन्त्र होइन भन्दै ओलीले अघि भने, ‘हुन त यो सरकारलाई कताको लोकतन्त्र, कताको कानुन । चितवनतिर ध्रवे हात्तिको कुरा सुनेको थियो । ध्रुवे हात्ति जस्तै छ यो सरकार ।’

कानुन राज हुन्छ कि स्वच्छाचारी राज ? भन्ने प्रश्न गर्दै उनले अघि भने, ‘बहालहाला डीआईजीलाई विना आरोप गैरकानुनी गिरफ्तार गर्नुहुन्छ भने सर्वसाधारणलाई के गर्नु हुन्छ ? बाँच्न पाउनु पर्‍यो नि हजुर ।’

आईजीपी नियुक्तिमा सरकारले तमासा देखाएको भन्दै उनले डीआईजीहरूको कार्यसम्पादन मूल्यांकन पनि सरकार नै हेरफेर गरेको आरोप लगाए ।

नेपाली कांग्रेसतर्फ संकेत गर्दै उनले कुनै एक डीआईजीलाई आईजीपी बनाएर चुनाव जित्छु भन्ने सपना नदेख्न चेतावनी दिए ।

यो पनि पढ्नुहोस् 

केपी ओलीले संसदमा सुनाए एमालेका तीन अडान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment