Comments Add Comment

संविधान संशोधन विधेयक संसदमा पेशः एमाले मौन, नेमकिपाको नाराबाजी

११ बैशाख, काठमाडौं । प्रमुख विपक्षी एमालेको असहमति र नेपाल मजदूर किसान पार्टीका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा पेश भएको छ ।

कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन बिधेयक पेश गर्दा मजदूर किसान पार्टीका तीन सांसदले बिरोधमा नारा लगाएका थिए । तर, प्रमुख विपक्षी एमालेले पनि कुनै अवरोध वा बिरोध जनाएन ।

संविधानको दोश्रो संशोधन विधेयक २०७३ मा परेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो । नेपाल मजदुर किसान पार्टीका सांसदहरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा मगरले विरोधको सूचना दर्ता गराएका थिए ।

यसअघि संसदमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संविधान संशोधन बिधेयक कुनै हालतमा स्वीकार नगर्ने बताएका थिए ।

अब संशोधन विधेयकमा संशोधन राख्न सांसदहरुलाई ७२ घन्टाको समय दिइएको छ । सरकार र मधेसी मोर्चाबीच भएको सहमति अनुसार सत्तारुढ दलबाटै संशोधन पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment