Comments Add Comment

जब १२ वर्षे किशोरले १३०० किलोमिटर कार चलाए

न्यू साउथवेल्स । अष्ट्रेलियामा एक १२ वर्षका किशोरले १३०० किलोमिटर कार चलाएका छन् ।

उनलाई प्रहरीले शनिबार न्यू साउथ वेल्सको ब्रोकेन हिल नजिकै रोकेको छ । कोरको बम्पर घिस्रिएको थियो, जसका कारण पुलिसले उनीमाथि निगरानी गरे ।

प्रहरीका अनुसार उनी अष्ट्रेलियाको न्यू साउथ वेल्सको केन्डालबाट पर्थसम्म ४००० किलोमिटर यात्रा गर्ने प्रयासमा थिए । उनलाई प्रहरीले ब्रोकेन हिल पुलिस स्टेलमा लिएर गयो, जहाँ उनको आमाबुबाले छोरा हराएको रिपोर्ट गरेका थिए ।

उनले परिवारको कार लिएर गएका थिए । जब उनी घरबाट हिडेँ, परिवारले तत्काल खबर गरेको थियो, प्रहरीले भनेको छ ।

तर, कसैले पत्ता नपाउने गरी १२ वर्षे किशोरले यति लामो दुरी कसरी पार गरे खुलेको छैन ।

उनले पुरा न्यू साउथ वेल्सको यात्रा गरे, जसमा सुनसान र खराब बाटो पनि पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment