Comments Add Comment

धुर्मुस-सुन्तलीलाई जापानमा अभिनन्दन गरिने

फाउण्डेशनको सहयाेगार्थ 'धुर्मुस सुन्तली साँझ २०१७' हुँने

२४ अप्रील, जापान । भूकम्प पीडित र अतिविपन्न तीन छुट्टाछुट्टै समुदायका लागि एकीकृत नमूना बस्ती बनाएर नेपालमा प्रशंसा बटुलेका हाँस्य कलाकार जोडी धुर्मुस-सुन्तलीलाई जापानमा अभिनन्दन गरिने भएको छ ।

कलाकारद्वय सिताराम कट्टेल -धुर्मुस) र कुञ्जना घिमिरे -सुन्तली) लाई यही अप्रील ३० तारिखका दिन जापानको टोकियोस्थित नकानो जिरो हलमा अभिनन्दन गरिने भएको हो ।

आयोजक सनराईज कर्पाेरेसशन लिमिटेड जापानले अभिनन्दन गर्ने व्यवस्था मिलाएको हो । कर्पाेरेसनले अप्रील ३० तारिखका दिन टोकियोस्थित नाकानो जिरो हलमा उनीहरुको अभिनन्दनका साथै धुर्मुस सुन्तली फाउन्डेसन सहयोगार्थ ‘धुर्मुस सुन्तली साँझ २०१७’ को आयोजना गरेको छ ।

कार्यक्रममा धुर्मुस-सुन्तलीले आफ्ना हाँस्य प्रहसन प्रस्तुत गर्ने छन । साथै उनीहरुले तीन वटा एकीकृत नमूना बस्ती बनाउनका लागि गरेका पहलहरु र भावी योजनाका बारेमा जापानमा रहेका नेपालीहरुलाई जानकारी दिने छन ।

धुर्मुस-सुन्तलीले ‘बुबा हजुर’ को सम्मान दिने नेपालकै चर्चित कार्यक्रम संचालक दिनेश डिसीले पनि प्रस्तुति दिने छन । साथै चर्चित पप गायक दिपक बज्राचार्यले आफ्ना सांगीतिक प्रस्तुती पस्कने कार्यक्रम रहेको छ ।

त्यस्तै गरी हाँस्य कलाकर बांगे बाको चर्चित प्रस्तुति पनि समावेश गरिएको आयोजकले जनाएको छ । भूकम्प पीडित र अतिविपन्न समुदायका बासिन्दालाई एकीकृत आवास निर्माण गरि उदाहरणीय काम गरेका कलाकारद्धयलाई अभिनन्दन गर्न र उनीहरुको अभियानमा साथ दिनका लागि कर्पाेरेेसनले जापानमा रहेका नेपालीहरुलाई आग्रह समते गरेको छ ।

कर्पाेरेसनका अध्यक्ष रविन्ऽ श्रेष्ठले कार्यक्रमको अर्काे उदेश्य धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग गर्ने रहेकोले धुर्मुस-सुन्तलीलाई स्वयम आफू उपस्थित भई रकम हस्तान्तरण गर्न सकिने व्यवस्था हलमै मिलाईएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment