Comments Add Comment

‘तूइन’को ट्रेलरका त्रिशुली बासिन्दाको पीडा


चलचित्र ‘तूइन’को ट्रेलर रिलिज गरिएको छ । त्रिशुली नदि आसपास बसोबास गर्ने गोरखा र धादिङका वासिन्दाहरुले जीवन जिउन नदी तर्नका लागि प्रयोग गर्न एक मात्र माध्यम ‘तूइन’ र उनीहरुको समस्यालाई यो चलचित्रले उठान गरेको छ ।

त्रिशुली नदी आसपास बसोबास गर्ने बासिन्दाको सपनालाई तूइनसँग जोडेर यो चलचित्रको कथा तयार पारिएको छ । केहि बर्ष पहिले स्कुल पढ्न जाँदा तूइन चुडिएर धेरै बालबालिकाले ज्यान गुमाउँदा एक्लै बाच्न सफल किशोर सुुरजको वास्तविक कथालाई यो चलचित्रले उठान गर्छ ।

उत्सव थपलियाले निर्देशन गरेको यो चलचित्रमा सुरज थापाको साथमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment