Comments Add Comment

कोटेश्वरमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफि शप’

११ बैशाख, काठमाडौं । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफि शप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँच जनाको समुहले कोटेश्वरमा आधुनिक कफि शप सञ्चालनमा ल्याएका हुन् । कफि शपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा बेकरीको स्वाद लिन पाइनेछ ।

बढ्दो कफि कल्चरलाई मध्यनजर गर्दै बैंक, पूर्वाधार निर्माण, सामाजिक कृयाकलाप तथा पर्यटन क्षेत्रमा सक्रिय पाँचजनाको लगानीमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’ सञ्चालनमा आएको हो । राजधानीकै उत्कृष्ट कफि शपका रुपमा विकास गर्दै अन्य क्षेत्रमा समेत शाखा विस्तार गर्ने लक्ष्य कफि शपले लिएको छ ।

कोटेश्वरको दक्षिणतर्फ प्रभु बैंकसँगै खुलेको ‘हिमालयन फ्रेस अरबिका कफिशप’ मा कफिका पारखीहरुले चाहे जस्तो स्वादमा विशुद्ध नेपाली अर्गानिक कफि पिउन तथा चाहेजस्तो बेकरी आइटम खान पाउने छन् ।

बैंकिंग पेशामा डेढ दशक लामो अनुभव बटुलेका उद्धवराज थपलिया, पर्यटन पेशामा सक्रिय ध्रुवराज न्यौपाने, निर्माण क्षेत्रमा सक्रिय सागर पाण्डे, सामिाजिक अभियन्ता मनोज अर्याल लगायतको समूहले आफैंले केही नयाँ काम गर्ने लक्ष्य लिएर कफि सप सुरु गरेको हुन ।

हिमालयन फ्रेस अरेबिका कफिशप कफिका पारखीहरुका लागि उत्कृट गन्तव्य बन्ने विश्वास लगानीकर्ताले लिएका छन् । नेपाली शुद्ध अर्गानिक कफिलाई अन्तर्राष्ट्रिय स्तरको मेसिनबाट तयार पारेर पारखीहरु समक्ष सेवा दिने बन्दोबस्त कफिशपले मिलाएको छ ।

शान्त वाताबरणमा आधुनिक शैलीमा सजाइएको कफि शपमा पुग्ने जो कोहीले पनि कफिको मज्जा लिँदै आनन्द महसुस गर्न सक्नु नै कफिशपको विशेषता हो ।

डेढ दशक लामो बैंकिङ पेशाबाट कफिशपमा आकषिर्त बनेका सञ्चालक उद्धवराज थपलिया भन्छन्, ‘जागिरे भएर मात्रहाम्रो योगदान देखिएन । हामी आफैंले व्यवशाय गरेर अरुलाई पनि केही योगदान गरौं भन्ने उद्धेश्यले कफि शप सुरु गरेका हौं ।’

अहिले कफि शपले नौ जनालाई रोजगारी प्रदान गरिरहेको छ । विश्वस्तरीय कफिका साथमा बेकरीका महत्वपूर्ण आइटम खानका लागि कफिशपमा नियमित रुपमा ग्राहक आउन थालिसकेका छन् । कफिशपमा सबै किसिमका बेकरी आइटमहरु उपलब्ध छन् । साथै कफिशपले अर्डर अनुसारका केक तथा बेकरी आइटम तयार गरिदिँदै आएको छ ।

कफिशपका अर्का सञ्चालक तथा पर्यटन पेशाकर्मी ध्रुबराज न्यौपाने भन्छन्, ‘कोटेश्वरजस्तो भीडभाडपूर्ण ठाउँमा केहीबेर आनन्द महसुस गर्दै तातो वाचिसो कफिका साथ उत्कृष्ट बेकरी खान पाउनुले कफिशप आकर्षणको केन्द्र बनेको छ ।’
हिमालयन बेञ्चदेखि विभिन्न कफिशपमा झण्डै दशक अवधिसम्म बारिस्ताको अनुभव बटुलेका उमेश सत्यालले कफिका पारखीहरुलाई कलात्मकतथा स्वादिलो कफि चखाउने गरेका छन् ।

उनी कफि शपका प्रबन्धक हुन् । आफूले दिने सेवा सम्बन्धमा सत्याल भन्छन्, ‘उच्च गुणस्तरको रोष्ट गरिएको कफिको दाना प्रति हाम्रो विशेष ध्यान केन्दि्रत हुन्छ । अन्य शपमा यसलाई त्यत्ति महत्व दिइएको पाइँदैन । यसले पनि हामी अरुभन्दा पृथक बनेका छौं ।

निकट भविष्यमा नै राजधानीलगायत मुलुकका विभिन्न स्थानमा शाखा बिस्तार गर्दै उल्लेख्य रोजगारी श्रृजना गर्ने लक्ष्य कफिशपले लिएको छ ।

कफिशपका अर्का सञ्चालक तथा सामाजिक अभियन्ता मनोज अर्याल भन्छन्, ‘जागिर खाने संस्कारबाट बाहिरिँदै अरुलाई जागिर दिने अनि व्यवशायी बन्न प्रोत्साहित गर्ने लक्ष्य लिएर हामीले यो यात्रा सुरु गरेका हौं । सबैको साथ पाएमा हामी उदाहरणीय काम गरेर देखाउँछौं ।’

निकट भविष्यमा नै कफिशपले अनलाइनबाट आफु कहाँ उपलब्ध सबै सेवाहरुको बुकिङ लिने व्यवस्था गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment