Comments Add Comment

सञ्चय कोषलाई पन्छाउँदै वायुसेवा निगमलेे जेएमकेसँग ऋण माग्यो

सस्तो ब्याजमा पाइने तर्क


११ वैशाख काठमाडौं । नेपाल वायुसेवा निगमले सस्तो ब्याजमा रकम पाइने आशमा सुर्य जेमके प्रालीलाई पत्र लेखेको छ । सञ्चय कोषको ब्याज चर्काे पर्ने भएकाले सस्तोमा ब्याज पाइन्छ कि भनेर जेमेकेलाई पत्र लेखेको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठ बताउँछन् ।

निगम र सञ्चयकोषबीच ९ प्रतिशत ब्याजदरमा २३ अर्ब रूपैयाँ ऋण १५ वर्षका लागि लिने अनौपचारिक सहमति भइसकेको छ । निगमले वाषिर्क दुई किस्ताका दरले ऋण बुझाउनेसमेत सहमति भएको छ । सरकारले कोषसाग ऋण लिन जमानी बस्ने निर्णय गरिसकेको छ ।

विगतमा खरिद गरेको एयरबस ३२०-२०० सिरिजको न्यारो बडी जहाजका लागि पनि निगमले १० अर्ब सञ्चय कोषसँग ऋण लिएको थियो । तर, अहिले भने निगमले ब्याज चर्काे हुने तर्क गर्दै अर्काे कम्पनीबाट ऋण लिन खोजेको छ ।

श्रेष्ठले भने ‘३ प्रतिशतसम्मको ब्याजमा रकम दिने कुरा आएपछि पत्र लेखेको हो ।’ उनका अनुसार जेमके नेपाली फण्ड म्यानेजर कम्पनी हो । यसले विदेशी कम्पनीहरुबाट रकम लिएर निगमलाई सस्तोमा ब्याज दिलाउने आश्वासन दिएको छ ।

गत बिहिबार मात्रै मन्त्रिपरिषदको बैठकले दुईवटा वाइडबडी खरिद गर्नको लागि नेपाल बायु सेवा निगमले सञ्चय कोषसँग लिन लागेको ऋणमा सरकार जमानी बस्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment