Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः पुनर्निर्माण सुस्तदेखि निर्वाचन तालिका हेरफेरसम्म

१२ वैशाख, काठमाडौं । सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेपछि निजर्वाचन आयोगले निर्वाचन कार्यतालिका हेरफेर गरेको छ । आज प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले यो खबरलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् ।

भूकम्पको त्रासद विपत्तिका कारण संरचनाहरु ध्वस्त भएपनि तिनको निर्माण सुस्त गतिमा भइरहेको र भूकम्पबाट सबक कसैले पनि नसिकेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

गोरखापत्र दैनिकले निर्वाचन कार्यतालिकामा भएको हेरफेरलाई मुख्य खबर बनाएर छापेको छ । संविधान संशोधन फास्ट ट्याकमा हुने अर्को खबर पनि गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।
नयाँ पत्रिका दैनिकले भूकम्पपछिको पुनर्निर्माणको टिठलाग्दो चित्र प्रस्तुत गर्दै भूकम्पीय जोखिमति सरकार उदासीन नबनेको लेखेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले भूकम्पपछिको पुनर्निर्माणको तथ्यांक पेस गर्दै सबै सरकार असफल भएको खबर लेखेको छ ।

‘अनुदानबाट बनेन एउटै घर’ शीर्षक दिएर मुख्य खबर लेखेको कान्तिपुर दैनिकले निर्वाचन आयोगले सार्वजनिक गरेको दुई चरणको निर्वाचन कार्यतालिकाबारे पनि समाचार लेखेको छ ।

राजधानी दैनिकले भूकम्पपछिको पुनर्निर्माण सुस्त भएको जनाउँदै ६० प्रतिशत घर अलपत्र परेको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment