Comments Add Comment

काठमाडौंका जोखिमयुक्त साढे तीन हजार घर जस्ताको तस्तै


१२ वैशाख, काठमाडौं । भूकम्प गएलगत्तै काठमाडौं उपत्यकामा जोखिममा रहेका भवन भत्काइपाऊँ भन्दै उजुरी संकलन गरिएको थियो । तर, उजुरी संकलन गरिए, त्यस्ता घर भत्काइएनन् ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार, घर भत्काउन धेरै उजुरी काठमाडौं महानगरपालिकामा परेको थियो । महानगरको तथ्यांकअनुसार त्यसबेला जोखिमयुक्त घर भत्काइ पाऊँ भन्दै तीन हजार पाँच सय ३८ उजुरी परेका थिए । ती सबै उजुरी जिल्ला प्रशासन काार्यलय काठमाडौंमा पेस गरियो । तर, प्रशासनले कुनै पहल गरेन ।

काठमाडौं महानगरपालिकाका अधिकृत डा. उत्तमकुमार रेग्मीले उजुरी संकलन गरिएको तर, घर भत्काइएको घटना थाहा नभएको बताए । ‘महानगरपालिकाभित्रको उजुरी संकलन मैले नै गरेको हुँ । ती उजुरी सिडिओ कार्यालयमा पेस गरिएका पनि हुन् । तर त्यसमा कारबाही अघि बढाइएको मलाई सम्झना छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment