Comments Add Comment

आर्थिक समाचार:  पूर्ननिर्माणको उपलब्धि निराशाजनक

१२, वैशाख काठमाडौ । विनाशकारी भूकम्प गएको मंगलवार दुई वर्ष पूरा हुँदैछ । भूकम्पले हजारौं नेपालीको मृत्युसंगै लाखौंलाई घरबारबिहीन बनाए पनि दुई वर्ष बितिसक्दा समेत अधिकांश प्रभावितको पीडा भने उस्तै छ ।

भूकम्पपछि पुर्ननिर्माणको चर्चा बढी नै भएपनि उपलब्धि सून्य भएको सन्दर्भमा आजको कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । पुर्ननिर्माणको चर्चा बढी उपलब्धि निराशाजनकलाई मुख्य समाचार बनाएको छ । त्यस्तै शिक्षक तलबलाई ६२ अर्ब प्रस्तावलाई पनि कारोबारले लेखेको छ । दोहोरो कर अन्त्य हुनेलाई पनि कारोबारले लेखेको छ ।

उत्पादनमुखी बजेट ल्याउन निजी क्षेत्रको सुझावलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । बचतको ब्याजदर बढ्योलाई पनि अन्नपूर्णले लेखेको छ ।

वाणिज्य बैंकहरुले नाफा बढाएलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । वैदेशिक रोजगार नियमावली सन्दर्भमा १४ महिनादेखि मन्त्रालय घुमेको घुम्यैलाई नागरिकले एंकर बनाएको छ ।

औपचारिक बराबर अनौपचारिक अर्थतन्त्रलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । किन भयो विमानस्थल भन्सार ठप्पलाइ नयाँ पत्रिकाले लेखेको छ ।

सुस्त गतिले नगरवासीलाई सास्तीलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । उत्पादनमुलक क्षेत्रलाई प्राथमिकतालाई पनि अभियानले लेखेको छ । यसरि चिन्न सकिन्छ सक्कली नोटलाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment