Comments Add Comment

बेलायत र रुसबीच ‘बिरालो लडाइँ’


उसै त बेलायत र रुसबीच सम्बन्ध चिसै छ । त्यो चिसोपनामा दुई बिरालोको बीच भएको लडाइँले रौनक थपिदिएको छ ।

वास्तवमा बिरालो सम्बन्धी एक उपाधि कब्जा गर्ने विषयमा रुस र बेलायत आमने सामने भएका छन् ।

यसमा दुबै देशका समर्थकहरु दिलोज्यान दिएर लागेका छन् । आ-आफ्नो बिरालोलाई जिताउनका लागि सोसल साइटदेखि लिएर कैयन् हतकण्डा अपनाइएको छ ।

वास्तवमा बेलायतमा दुइदिने बिरालो प्रदर्शनीको आयोजना भएको छ । उक्त प्रदर्शनी अन्तरगत आयोजित वल्र्ड वेष्ट क्याट अर्थात् विश्वको सर्वाधिक सुन्दर बिरालो प्रतियोगितामा उपाधि हात पार्न विभिन्न देशहरुबाट बिरालोहरु लण्डन ओर्लिएका छन् ।

बेलायतको माओग्लीब्स स्टोनहेज र रुसको स्कटिस फोल्ड नामक बिरालोले प्रतियोगिताको सुरुवाती राउण्ड पार गरी आफ्नो उपाधि माथिको दाबेदारी बलियो पारेका छन् ।

स्मरण रहोस् बेलायती बिरालो स्टोनहेज विश्वको सर्वाधिक सुन्दर विरालोको उपाधिको साविक विजेता हो । यो पटक रुसी बिरालो फोल्डले उसलाई टक्कर दिएको छ । हेरौँ कसले जित्छ दुनियाको सर्वोत्कृष्ट बिरालोको ताज ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment