Comments Add Comment

गुगल क्रोममा ‘कपिलेस पेष्ट’ फिचर


गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोममा एक नयाँ फिचर ल्याएको छ, जसलाई कपिलेस पेष्ट नाम दिइएको छ ।

एन्ड्रोइड प्रयोगकर्ताका लागि पेश गरिएको यो फिचरका माध्यमबाट क्रोममा प्रयोगकर्ताले जे कुरा सर्च गर्दछन् त्यसपछि प्रयोग गर्ने सबै एप्समा उक्त सर्च गरिएको कुरा पेष्ट गर्ने अप्सन आफै आउनेछ ।

कपिलेस पेष्ट फिचर प्रयोग गर्नका लागि क्रोमको एक्सपेरिमेन्टल भर्सन Chrome Canary  इन्स्टल गर्नुपर्दछ । क्रोमभित्र Flags मा जाँदा यो फिचर देखिन्छ । क्रोम Flags वास्तवमा क्रोमको एक्सपेरिमेन्टल भर्सनका ती फिचरहरु अन तथा अफ गर्ने तरिका हो, जुन परीक्षणको चरणमा रहेको हुन्छन् । त्यसैले त्यस्ता परीक्षण फिचरहरुमा केही कमी कमजोरी हुन सक्दछन् ।

गुगलले भनेको छ :  यदि तपाइँले ब्राउजरमा कुनै रेष्टुराँको वेबसाइट हेरेपछि म्याप्स एपमा जानुभयो भने किबोर्ड आफैले तपाइँलाई उक्त रेष्टुराँको नाम सर्च बारमा इन्टर गर्नका लागि सुझ्याउनेछ । उक्त डेटा फोनमै स्टोर भएको हुन्छ र गुगललाई पठाइँदैन ।

एन्ड्रोइड अपरेटिंग सिस्टममा चलिरहेको क्रोम एपले प्रयोगकर्ताले कुन तरिकाले क्रोम चलाइरहेको छ भन्ने कुराको मूल्यांकन गर्दछ । प्रयोगकर्ताबाट संकलित डाटालाई उसले स्मार्टफोनका अन्य एपको प्रयोगका बेला समेत प्रयोग गरिदिन्छ र त्यसले स्वयं प्रयोगकर्तालाई नै सजिलो बनाइदिन्छ ।

समाचार अनुसार गत फेब्रुअरी देखि गुगलले यस फिचरमा काम गर्न सुरु गरेको हो । अहिले परीक्षणको रुपमा रहेको यो फिचर आगामी केही महिनामा सबै प्रयोगकर्ताका लागि जारी गर्ने तयारी गुगललको रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment