Comments Add Comment

‘छक्का पञ्जा फेरि’मा धुर्मुस सुन्तली नखेल्ने

काठमाडौं । दिपाश्री निरौलाको निर्देशन रहने छक्का पञ्जा फेरिमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सहभागी नहुने भएका छन् ।

मुसहरबस्ती निर्माणमा जुटेका सिताराम कट्टेलले बस्तीको अफिसियल काम अझै बाँकी रहेको र आय आर्जनका विषयमा पनि थप केही काम गर्नुपर्ने भएकाले चलचित्रमा सहभागी नहुने बताए । ‘म मुसहर बस्ती निर्माणमै भएको बेला दिपक दाईले सोध्नु भएको थियो मैले फिल्म निर्माणमा सहभागी हुन नसक्ने जानकारी गराँए ।’ सितारामले भने ।

आफु लगायत अन्य हाँस्य कलाकारको सहभागीता रहेको फिल्ममा आफु सहभागी हुन नपाएकोमा सितारामले दुःख ब्यक्त गरे । ‘सहभागी हुन नपाएकोमा दुःखी छु तर, दिपक दाई दीपा दिदीको टिमले राम्रो गर्नु हुन्छ त्यसमा खुसी छु ।’ उनले भने ।

धुर्मुस सुन्तली फाउन्डेसनको स्थायी कोषका लागि विभिन्न मुलुकमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ । त्यस कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले पनि चलचित्रमा सहभागी हुन नसकेको सितारामले बताए ।

सिनेमाको प्रदर्शन मिति समेत घोषणा भएकाले निश्चित मितिमा सुटिङ गर्नुपर्ने भन्दै सिताराम भन्छन् ‘हाम्रो कारण सिनेमाको सुटिङ ढिला हुन हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment