Comments Add Comment

चलचित्रको नाम ‘हिटलर’ राख्दा फेसबुक र युटुबमा समस्या


जेठ १२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिटलर’को चर्चा अहिले राम्रो छ । सौरभ ढकालको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलर रिलिज नहुँदै यसले राम्रै हाइप बनाएको छ ।

अष्टनारायण पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सोहित मानन्धर र सामिया बर्तौला मुख्य भूमिकामा छन् । चलचित्रको रारा तालमा खिचिएको एक गीतको भिडियोले अहिले सामाजिक संजाल र मिडियामा राम्रो चर्चा पाइरहेको छ ।

निर्देशक सौरभ ढकाल भन्छन्-‘चलचित्रको शिर्षक किन ‘हिटलर’ राखियो भन्ने बारेमा दर्शकले हलमै गएर चलचित्र हेरेपछि थाहा पाउनुहुनेछ । तर, चलचित्रको नामको कनेक्शन कथामा छ ।’

यो, चलचित्रको नाम ‘हिटलर’ राख्दा यसको निर्माणपक्षले फेसबुक र युटुबबाट भने समस्या भोगिरहेको छ । अंग्रेजीमा ‘हिटलर’ नाम राखेर फेसबुकमा लाइक पेज बनाउन यसको निर्माणपक्षले सकेन ।

निर्देशक ढकालले भने-‘हामीलाई फेसबुकले हिटलर नाम राखेर लाइक पेज बनाउन दिएन ।’ उनका अनुसार, युटुबमा पनि अहिले समस्या आइरहेको छ । उनले भने-‘युटुबले भिडियो त हटाएको छैन । तर, गीतको भ्यू कहिले घट्ने, कहिले काउन्ट नै नहुने भैरहेको छ । हामीले युटुबमा कप्लेन गरेपछि प्राविधिक गढबढी भएको सन्देश आयो । तर, अहिले युटुबले प्रचारमा समस्या दिने अवस्था देखिएको छ ।’

जर्मनका पूर्व शासक ‘हिटलर’को नामसँग चलचित्रको नाम मिलेका कारणले फेसबुक र युटुबले समस्या दिएको हुनसक्ने यसको निर्माणपक्षको वुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment