Comments Add Comment

विपिन अब नाइके, ‘नाका’को ‘गुण्डा’ बन्ने


आफ्नो अभिनयका कारण दर्शकको मन जितेका कलाकार विपिन कार्की अब नयाँ चलचित्रमा अभिनय गर्न तम्सिएका छन् । वैशाख १४ गतेबाट छायांकन सुरु हुने चलचित्र ‘नाका’मा उनी गुण्डाहरुको नाइके बन्ने भएका हुन् ।

यो चलचित्रको छायांकन सिन्धुपाल्चोकको तातोपानीमा हुनेछ । चलचित्रको छायांकनका लागि विपिन अहिले तातोपानी पुगिसकेका छन् । चलचित्रको बारेमा उनी भन्छन्-‘भूकम्पपछि भएको नाकाबन्दी र त्यसले गुण्डाहरुको ग्याङलाई पारेको असरको कथामा यो चलचित्र निर्माण हुनेछ ।’

यो चलचित्रलाई अमित श्रेष्ठले निर्देशन गर्न लागेका छन् । चलचित्रमा विपिनका साथमा रोविन तामाङ, सजन थापामगर लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन तातोपानी नाकामै गरिनेछ । चलचित्रको छायांकन अगावै यसको फस्टलुक पनि रिलिज गरिएको छ ।

मिडिया आर्ट र हाइलाइट्स नेपालले मिलेर यो चलचित्र निर्माण गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment