Comments Add Comment

लक्ष्मी म्युचुअल फण्डका १ अर्बको योजना बैशाख २२ बाट, हजार रुपैयाँ लगानी गर्न पाइने


१२ बैशाख, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डको १ अर्ब रुपैयाँ बराबरको लक्ष्मी इक्विटी फण्डका इकाई निष्कासन गर्न लगेको छ । बैशाख २२ गते देखि बिक्री खुला हुने र चाँडोमा बैशाख २६ गते र ढिलोमा जेठ ५ गते यो योजनाको निष्कासन बन्द हुनेछ ।

१ हजार रुपैयाँ (न्युनत्तम आवेदन १ सय इकाई) हुनेले पनि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । योजनाको इकाईमा अधिकत्तम १० करोड रुपैयाँ (१ करोड इकाई) सम्म लगानी गर्न सक्नेछन् । लक्ष्मी क्यापिटल मार्केटको कार्यालय, लक्ष्मी बैंकका शाखा कार्यालयहरु र आस्वा सेवा लिएका संस्थाहरुबाट योजनामा आवेदन दिन सकिनेछ । यस योजनाको कोष प्रवद्र्धकमा लक्ष्मी बैंक र सञ्चालकमा लक्ष्मी क्यापिटल रहेको छ ।

सेयर बजारमा लगानी गर्ने तरिकाको जानकारी नभएका, जोखिम लिन नसक्नेहरु यस्ता सामूहिक लगानी कोष मार्फत् बजारमा सहभागी हुन सक्छन् । यस्ता योजना सञ्चालकमा पुँजी लगानीको लागी छुट्टै योजना व्यवस्थापकहरु समेत हुन्छन् । व्यवस्थापकहरुले रणनीतिक आधारमा पुँजी लगानी गर्छन् र नाफा गर्न सकेमा प्रतिफल वितरण गर्छन् ।

यी योजना दोस्रो बजार (सेयर बजार/नेपाल स्टक एक्सचेन्ज)मा पनि सूचीकृत हुन्छन् । त्यहा पनि यी इकाईको किनबेच गर्न सकिनेछ । यस्ता इकाईले बार्षिक रुपमा नाफा गर्न सकेमा बार्षिक प्रतिफल पनि वितरण गर्छन् । लक्ष्मी इक्विटी फण्डको भने परिपक्व अवधि ७ वर्षको रहेको छ । परिपक्व अवधिमा कायम रहने इकाइ धनीले त्यो समयमा बन्ने कोषको कुल सम्पत्तीमा इकाई अनुसार समानुपातिक रुपमा हिस्सा प्राप्त गर्छ ।

यी योजनामा तोकिएको उदेश्य अनुसार सेयर बजार, निक्षेप, सरकारी ऋणपत्र लगायतमा पनि लगानी गर्छन् । योजनाहरुले गर्ने यस्तो लगानीमा हुने नाफा/घाटाले नै यी योजनाले बार्षिक रुपमा वितरण गर्न सक्ने प्रतिफल र अन्त्यमा हुने कोषको आकार अनुसारको वितरण निर्धारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment