Comments Add Comment

बजेटपछिको चुनाव एमालेलाई अस्वीकार्य, निर्वाचन आयोगको ध्यानाकर्षण गराउने

संविधान संशोधन हुन नदिने, स्थानीय तहको संख्या तलमाथि नगर्न चेतावनी

१२ वैशाख, काठमाडौं । उम्मेदवार चयन र घोषणापत्र टुंगो लगाउन बसेको एमाले स्थायी कमिटी बैठक बजेट अघि र पछि दुई चरणमा निर्वाचन गराउने सरकारको निर्णय विरुद्ध केन्द्रित भएको छ । एमालेले बजेट ल्याएर निर्वाचन गर्न मिल्ने भनी निर्वाचन आयोगले दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा एक महिनाको अन्तर पारेर दुई चरणमा चुनाव गराउन खोज्नु र बजेट भाषणपछि बहुसंख्यक प्रदेशमा निर्वाचन गराउने योजना षडयन्त्रमूलक रहेको शीर्ष नेताको ठम्याई थियो । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै एमाले सचिव गोकर्ण विष्टले बजेटपछि चुनाव गर्ने कुरा एमालेले कुनै हालतमा स्वीकार नगर्ने बताए ।

उनले भने, ‘अहिले हाम्रो पार्टीमा अभूतपूर्व एकता छ । दुई चरणमा चुनाव गर्ने हो भने बजेट भाषणअघि नै गर्नुपर्ने भन्ने हाम्रो निर्णय हो । यसमा पार्टी अध्यक्षसहित सबै बरिष्ठ नेताहरुले समान धारणा राख्दै सरकारको षडयन्त्रमा निर्वाचन आयोगको सहमतिप्रति आपत्ति प्रकट गर्नुभएको छ ।’

एमालेले बजेट भाषण गरेर दोस्रो चरणको चुनाव हुन सक्ने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आयोगको ध्यानाकर्षण गराउने भएको छ । निर्वाचन आयोगसँग संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितको टोलीले कुरा गरेर एमालेको गम्भिर आपत्ति सहितको लिखित असहमति दर्ज गर्ने निर्णय बैठकले गरेको छ ।

ज्ोठ १५ गते चुनावी बजेट पेश गरेर त्यहि बजेटको भाषण गर्दै भोट माग्न जाने सत्तापक्षको षडयन्त्रलाई कुनै हालतमा सफल हुन नदिने अध्यक्ष ओलीले बैठकमा बताएका छन् । एमालेले बजेट भाषणअघि दुवै चरणका चुनाव हुनुपर्ने र स्थानीय तहको संख्या तलमाथि गर्न नपाउने माग गरेको छ ।

यसैबीच एमाले स्थायी कमिटी बैठकले सरकारले संसदमा पेश गरेको संविधान संशोधन बिधेयक पारित हुन नदिने निर्णय समेत गरेको छ । ‘हामी संविधान संशोधनको बेमौसमी बाजा बज्न दिदैनौं, सबै शक्ति लगाएर त्यसलाई असफल पार्छौं,’ विष्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment