Comments Add Comment

काष्ठमण्डपको पुनर्निर्माण अभियान सुरु

फाइल तस्वीर

१२ बैशाख, काठमाडौं । भूकम्पपछि क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनर्निर्माण अभियान सुरु गरिएको छ ।

‘हाम्रो काष्ठमण्डप हामी आफंै पुनर्निर्माण गछौर्ं’ भन्ने अभियानमा साथ काष्ठमण्डप पुनर्निर्माण अभियान सुरु भएको हो ।

भूकम्प गएको दुई वर्ष पूरा भएको दिन मंगलबार काठमाडौंको बसन्तपुरमा पुरातात्विक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण आफैले गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

सम्पदा निर्माण अभियन्ता वीरेन्द्रभक्त श्रेष्ठ नेतृत्वको टोलीले धार्मिक विधिअनुसार पुरोहित यज्ञमानपति बज्राचार्यसँग काष्ठमण्डव आफैं बनाउने प्रतिज्ञा गरेका हुन ।

दुई वर्ष अघि भूकम्प गएकै समय १२ बजेर ५६ मिनेट जाँदा काष्ठमण्डप पुनर्निर्माण अभियान सुरु गरिएको अभियन्ता वीरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

अभियानले काष्ठमण्डप निर्माण अभियानमा साथ दिन पनि सबैमा आग्रह गरेको छ । सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा पुनर्निर्माणको कामलाई पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

भूकम्प गएको २ वर्ष पुरा हुँदा समेत भूकम्पले क्षेतिग्रस्त बनाएको सम्पदा पुनर्निर्माणको कामले गति नलिएपछि स्थानीय आफैं सम्पदा पुनर्निर्माण अभियानमा जुटेका हुन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म बौद्धनाथ क्षेत्र मात्रै पुनर्निर्माण गरेको छ । पूर्ण रुपमा क्षतिग्रस्त १३३ वटा सम्पदा मध्ये बौद्धनाथ क्षेत्रको मात्रै पुनर्निर्माणको काम भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अब काठमाडौं उपत्यकासहित भूकम्प अति प्रभावित १४ जिल्लाको क्षतिग्रस्त ७५० वटै सम्पदाहरुको पुनर्निर्माणको कामलाई पनि गति दिने प्रतिबद्धता भने जनाएको छ ।

सरकारले भूकम्पपछि क्षतिग्रस्त विश्व सम्पदा सूचिमा सूचिकृत धरहराको पुनर्निर्माणको कामलाई समेत सुचारु गराउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment