Comments Add Comment

चुनाव एक महिना सरेपछि दलहरुको मिश्रित प्रतिक्रिया

१२ बैशाख, कैलाली । सरकारले सात नम्बर लगायत चार प्रदेशको स्थानीय तहको निर्वाचन १ महिना पछि सारेपछि केहि दलहरुले विरोध जनाएपनि केहिले भने चुनाबि गतिबिधि बढाउन समय पाएको प्रतिकृया दिएका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन २ चरणमा गर्ने घोषणालाई सकारात्मक रुपमा लिँदै कैलाली कांग्रेसका सचिव पुर्ण कँवरले सरकारी कदमको विरुद्धमा जान नमिल्ने भन्दै उम्मेदवार छनौटका लागि प्रयाप्त समय मिलेको प्रतिक्रिया दिए । उनले राजनीतिक दलले जनताको घरदैलोसम्म जाने समय पाएको भएपनि जनतामा भने चुनाव नहुने हो कि होइन भन्ने अन्यौलता अझै बिद्यमान रहेको बताए ।

त्यस्तै सरकारले चुनावको मिति सारेपछि जनताहरुमा चुनाव हुने नहुने भन्ने आशंका पैदा गरेको बताउँदै नेकपा एमालेका जिल्ला सचिव रणबहादुर चन्दले प्रधानमन्त्री प्रचण्ड मिति सारेर भएपनि सत्ता टिकाउन लागिपरेको आरोप लगाए । उनले उम्मेदवारहरुलाई चाहीँ जनताको घरदैलोसम्म पुग्न प्रयाप्त समय मिलेको बताए ।

नेकपा मोओवादी केन्द्रका केन्दीय सदस्य रमेश धामीले सरकारले चुनावको मिति सारेर दलहरुलाई फाइदा भएको बताउँदै समय प्रशस्त भएपछि चुनाव गतिविधि बढी भन्दा बढी गर्न समय मिलेको प्रतिकृया दिए ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४, ६ र दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशमा गर्ने निर्णय सरकारले गरेको छ ।

दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशहरुमा भने जेष्ठ ५ गते सम्मका लागि निर्वाचन गतिबिधि रोकिएको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन प्रसाद अर्यालले बताए । उनले सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने भएपनि निर्वाचन गतिबिधि जेष्ठ ५ गते पछि मात्रै सुचारु गरिने जानकारी दिए ।

सरकारले प्रदेश नम्बर ७ मा दोस्रो चरणमा चुनाव गर्ने भनेर घोषणा गरेपछि जनतामा भने चुनाव नहुने होकी भन्ने आशंका देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment